जनकारवाही भन्दै कर्मचारीलाई हिलो दलेर घण्टौ नगर परिक्रमा,प्रहरी मुकदर्शक
प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा सिके राउतको पार्टी जनमत दल अराजक ढंगबाट प्रस्तुत भएको छ ।
Advertisement 1
सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले आज सरकारी कर्मचारीमाथि दुर्व्यवहार गरेका छन् । जनकारवाहीको नाममा उनीहरुले खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारीलाई हिलो र मोसो दलेर नगर परिक्रमा गराएका हुन । उनीहरुले कार्यालयबाटै निमित्त प्रमुख राजेश्वर कुश्वाहालाई कुटपिट गर्दै नगर परिक्रमा गराएका हुन्।
गत आइतबारदेखिको बर्षाका कारण जनकपुरधाम जलमग्न भएको तर ढल निर्माणमा सो कार्यालय प्रमुखले अनियमितता गरेको भन्दै सो पार्टीका कार्यकर्ताले निमित्त प्रमुख कुशवाहलाई कुटपिट गर्दै नगर घुमाएका थिए ।
Advertisement 2
अपरान्ह सो पार्टीका कार्यकर्ताहरु रामानन्द चोकस्थित कार्यालयमा लाठीसहित पुगी त्यहाँका निमित्त प्रमुखलाई कार्यालयबाट जबरजस्ती बाहिर निकालेर कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए। सार्थैं उनीहरुले निमित्त प्रमुख कुश्वाहाको कपडा च्यातेर शरिरमा हिलोमाटो दलिदिएका थिए ।
उनीहरुले कुशवाहलाई झण्डै एक घण्टासम्म अर्धनग्न बनाएर हिलोपानी छ्यापेर नगर परिक्रमा गराए पनि प्रहरी मुकर्दशक बनेको थियो ।
Advertisement 3
आफ्नो मुद्दालाई बेवास्ता गरेको भन्दै सो पार्टीका कार्यकर्ताले जनकारबाहीस्वरूप हिलो दलेर नगर परिक्रमा गराएका बताएका छन् । धनुषाका डिएसपी जितेन्द्र बस्नेतले ती कर्मचारीमाथि दुर्व्यवहार गर्ने १० जना राउत समर्थकलाई पक्राउ गरिएको बताएका छन् ।