पोलियोले खुट्टा कमजोर बनाएर के भयो, आत्मविश्वासले सफल बनेका पुनम

भनिन्छ ‘हरेक चोटले त्यो भन्दा ठूलो अवसर बोकेर आएको हुन्छ ।’ जिन्दगीमा हामी एउटा ढोका बन्द भयो भनेर रुन्छौ÷चिच्याउछौं, ‘डिप्रेस’ हुन्छौं । तर हाम्रै अगाडि रहेका अरु तीनवटा खुल्ला ‘द्धार’ हामी देख्दैनौं ।
सानैमा आमा बित्नुभयो । उपचारका लागि बुबाले काठमाडौँ ल्याउनुभयो । पोलियोले सताएको रहेछ । निरन्तर २ वर्षसम्म उपचार गराउँदा समेत २० को १९ भएन । निको नभएपछि एक मात्र सहाराको रूपमा रहेका बुबाले पनि छाडेर हिड्नुभएन । बुबाले काकाको साथ लगाएर छाड्नुभएको थियो । बुवा त आफ्नो हुनुभएन,काका आफ्नो हुने कुरै भएन् । उहाँले पनि छाड्नु भएपछि काका मेरो बाल मस्तिष्कले केही कुरा सोच्नै सकेन ।

Advertisement 1

अभावै अभावका पहाडबीच हुर्किए । थाहा छैन,मलाई जन्म दिने आमा कस्तो हुनुहुन्थ्यो । बुबा कस्तो हुनुहुन्थ्यो उहाँहरुको तस्विर समेत देखेको छैन । आफन्तले त्यागे पछि अन्तत पुगियो धोबिघाटस्थित अनाथ आश्रममा । त्यही आश्रममा आश्रय लागेर अन्य टुहुरा बालबालिकासँगै बसेर औपचारिक शिक्षा, संस्कार र औषधी उपचार त्यहीबाट पाए र २३ वर्षको उमेरमा त्यो आश्रम छाडेर निस्किए र बाहिर काम गर्न थालें । त्यसपछि सुरु भयो थप दुःखका दिन । धेरै समय धर्मपुत्र भएर घरको काम गरियो । जेनतेन गुजारा चलाइरहेका थिए । काम गर्दै जाँदा आफन्तजस्ता साथी पाए र साथीहरूको सहयोगमा ४० वर्षको उमेरमा रच्चुसँग बिहे गरे पछि मेरो जीवनले नयाँ मोड लियो अर्थात जीवनको नयाँ अध्यायको प्रारम्भ भयो । मलाई,मेरो रोग र व्यथा बुझ्ने, आफूलाईभन्दा पनि बढी माया गर्ने, जस्तोसुकै परिस्थितिमा पनि साथ दिने श्रीमती पाए । बिहेपछि श्रीमतीले नै काम गरेर २ जनाको जीविकोपार्जन गरिन् । त्यसपछि दुई जना मिलेर ठेलामा मःम बेच्न थाल्यौं । तर हाम्रो मुलुकमा गरिब र गरिबीलाई नै धेरै नियम कानुन लाग्छ । पालिका र नगर प्रहरीले बाटोमा मःम बेच्न दिएन, सटर खोलेर व्यापार गरौं । पैसा थिएन ।

त्यही समयमा श्रीमती गर्भवती भइन् । दुःखका पहाडहरूले घे¥यो । घरमा नै बसेर मैनबत्ती तथा अगरबत्ती बनाउन थाल्यौं । श्रीमतीले अफिसहरूमा लगेर बेच्ने काम गरिन् । त्यसपछि उनीहरूले दुःखसुख गरेर पसल खोले । दुःख र अभावसँग जुधेर गुजारा चलाइरहेका हामीले ०६५ सालमा छोरा जन्मायौं । तर, छोरा जन्मजात सुस्त मनस्थितिका,त्यहीमाथि थपियो ब्लड क्यान्सर भयो । ३ महिनासम्म आइसियुमा राखेर बचाएर घर ल्याइयो । बच्चा बिरामी भइरहने भएकोले काम गर्नु कि बच्चाको केयर गर्नु ? सुस्त मनस्थितिका अहिले ११ बर्ष पूरा भयो । त्यही छोरालाई पनि ब्लड क्यान्सर भयो । तीन वर्षसम्म अस्पतालमा रोएरै बिताइयो ।

Advertisement 2

भन्छन दुुःखीलाई भगवानले पनि दुःखै मात्र थपिदिँदा रहेछन । विभिन्न संघसंस्था र साथीभाइहरूको सहयोग र आफूले मेहनत गरेर कमाएको पैसाले छोराको उपचार गर्न सफल भयौं । विशेषगरी विभिन्न सङ्घसंस्थाहरू र मनकारी साथी भाइहरूको सहयोग र आफूले मेहनत गरेर कमाएको पैसाले छोराको उपचार गर्न सफल भएका छौं । अहिले छोरा क्यान्सर मुक्त भएका छन् तर पनि बाबुआमा छोराको स्वास्थ्यप्रति सचेत छौं । त्यसैले महिनैपिच्छे चेकअपको लागि अस्पताल पुराउँछौं । समर्पण सुस्त मनस्थितिका बालबालिका पढ्ने विद्यालयमा पढ्छन् । आफ्नो खुट्टा नचले पनि र छोराको अवस्था खराब भए पनि मैले जीवनमा हिम्मत हारिन । भन्छन नि एकबारको जुनीमा सबथोक खानु तर हरेश कहिले नखानु । अझै अहिले पठाओले अवसर दिएपछि आत्मविश्वास झनै बढेको छ ।

Advertisement 3

नगरप्रहरी र पालिकाले अत्ति दुःख दिएपछि ऋण काटेर सटर भाडामा लिएर चिया पसल खोलेका छौं नख्खुमा । अहिले श्रीमतीले चलाइरहेकी छिन । म पठाओ राइडरको रुपमा काम गर्दछु । चार बर्ष हुन लाग्यो पठाओमा काम गर्न शुरु गरेको । पोलियोको कारण खुट्टाले काम गर्दैन । खुट्टा खोच्याउँदै स्कुटर भए ठाउँमा पुग्छु र वैशाखीको सहारामा आफ्नो यात्रा गर्दछु । शारीरिक रुपमा अपांगता भएका व्यक्ति पैदल हिँड्न सक्दैनन । तर आत्मविश्वासले नै हो म सहितका पाँच जना जनाहरु अहिले अरुलाई गन्तव्यमा पु¥याउने पेसामा आबद्ध भएर आम्दानीको स्रोत पनि बढाइरहेका छौं । पोलियोका कारण खुट्टाले काम गर्दैनन् । तर आफू हिँड्न नसके पनि हामीहरु अरुलाई गन्तव्यमा पु¥याइरहेका छौं । झण्डै चार बर्षदेखि यात्रुको सारथि बनिरहेको छु ।

यो अवधिमा थुप्रै तीता र मीठा अनुभवहरु संगालेर राखेको छु । पठाओमा राइडरका रुपमा काम थालेको पहिलो दिन नै दाँतमा ढुंगा लागेझैं भयो । जाउलाखेलमा यात्रु लिन गएको थिएँ। तर, ती यात्रु मेरो स्कुटरमा चढ्न मानेनन । तपाईं त यस्तो अपांग हुनुहुँदोरहेछ। भनेर राइड क्यान्सिल गरे । त्यो अपमानले शुरुमै निराश पनि भए । एक साता सम्म पठाओका लागि घरबाटै निस्किन सकिनँ। फेरि एक जनाले गलत व्यवहार गर्यो भन्दैमा सबैले गर्दैनन भन्ने अलिकति साहस र हिम्मत जुटाए र पठाओका लागि हिँडें । त्यस यताका चार बर्षमा धेरैलाई गन्तव्यमा पु¥याइसकेको छु ।धेरै व्यक्तिहरु मेरो स्कुटीको पछाडि बस्नुहुन्छ र गन्तव्यमा ओर्लिएपछि भन्नुहुन्छ हामीसँग दुबै हात खुट्टा सङ्ला भएर पनि केही गर्न सकेका छैनौं तर तपाईले त हामीलाई पनि प्रेरणा दिनुभएको छ भन्नुहुन्छ । कतिपय मनकारी यात्रुहरु गन्तव्यमा पुगेपछि झर्नुहुन्छ र हौसला थप्नुहुन्छ । हामी छौं, परेका बेला सहयोग गर्छौ भन्नेहरु धेरै भेटिए । आफ्नो कामलाई निरन्तरता दिनुहोला भनेर हौसला र उर्जा थप्नेहरु पनि देखिए । केहीले चाहिँ कतिले तपाईं त अपांग हुनुहूँदो रहेछ,भनेर गल्लीगल्लीमा बोलाएर उल्टै गाली गरेर पठाए । यस्ता घटनाले विचलित बनाएन । पठाओ चालकका रुपमा यो चार बर्ष काम गर्दा मैले पैसा कम र आत्माविश्वास र हौसला ज्यादा कमाएका छु ।

आखिर मनमा जतिसुकै पीडा भए पनि काम गर्ने जोस र हिम्मत चाहिन्छ । पोलियाका कारण हात खुट्टा गुमाए । बुवा आमा कस्ता थिए राम्रोसँग चिन्न पाइएन । यो बिरानो शहरमा हुर्किए । पठाओ चालक बन्दा कतिपयले धेरै थरी कुरा काटे । तर गुमाइन आत्मवल । भन्छन नि, जिन्दगीमा सबै चीज खानु तर हरेश नखानु सायद यही शव्दले बचाइराख्यो मेरा इच्छा आकाक्षा र चाहनाहरुलाई मर्न दिइन । अहिले पठाओका कारण दैनिक पठाओबाट दैनिक १ हजारदेखि १५ सयसम्म आम्दानी थपिएको छ । यस्ले गर्दा जीवनमा दुःख छाया अलि पातलो भएको छ ।

पठाओमा अहिले सयौं राइडरहरु जोडिएर आम्दानी गरिरहेका छन् । हामी फरक क्षमताका पाँच/सात जना चालकहरु छौं । पठाओले राइडरसँग २० प्रतिशत कमिसन लिँदै आएको छ । हामी फरक क्षमताका चालकहरुलाई कम्तिमा पाँच प्रतिशत मात्र छुट गराइदिनुहोस भनेर अनुनय विनय ग¥र्यौ तर हाम्रो मागको सुनुवाई भएन । अहिले पसलबाट कमाई भएको पैसाले जीविकोपार्जन गर्दै आएका छौं भने पठाओबाट कमाएको पैसा छोराको स्वास्थ्य उपचार र पढाइमा खर्च गर्ने गरेका छौं ।
हामी कुनै पनि गन्तव्यमा पुग्नका निम्ति आफ्नो पाइला अगाडि बढाउनु पर्छ । कर्म बिना कुनै गन्तव्य भेटाउन निकै मुस्किल हुने गर्छ । त्यसैले कर्म गर्नु एक सफल जिन्दगीको अस्त्र हो जोकोहीले यो कुरालाई स्वीकार गर्नुपर्छ। दुःखबाट टाढा भाग्न हुँदैन। दुःख भनेको सुख दिने पहिलो बिन्दु हो । जसले आज दुःख गर्न सक्छ, परिश्रम गर्न सक्छ उसैले भोलि सुन्दर जिन्दगी पाउने न हो । आफ्नो जिन्दगी सुन्दर बनाउने वा कुरुप बनाउने त आफ्नै हातमा छ ।

प्रकाशित :२०७९ श्रावण २१, शनिबार ०९:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry