प्रेरणादायी संघर्ष :-श्रीमान श्रीमती नै एकसाथ यसरी बने शाखा अधिकृत

 

Advertisement 1

श्रीमान्–श्रीमती एकै पेसामा रहेका धेरै जोडी भेटिन्छन् । यस्तै निजामती सेवामै पनि यस्ता धेरै उदाहरणीय जोडी छन् । निजामती सेवामा भएका जोडीमध्य पहिल्यै सरकारी जागिरे भएका त कतिपय दाम्पत्य जीवनमा बाँधिएपछि निजामती सेवामा पाइला राखेको उदाहरणहरु पाइन्छ ।

तर यस पटक विरलै संयोग भेटिएको छ । यस्तै संयोग अहिले यस्तो जुरेको छ कि गुल्मीका एक दम्पतीलाई । लोकसेवा आयोगले मंगलबारमात्र २१७ जना अधिकृतहरुको नतिजा सार्वजनिक गर्दा धुर्कोट गाउँपालिका ६ का सुरेन्द्र पाण्डे र श्रीमती रमिता विष्ट शाखा अधिकृत पदमा सिफारिस भएका हुन्।२०७४ मा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका सुरेन्द्र गत वर्ष नायब सुब्बामा बढुवा भएका थिए भने रमिता २०७६ मा खरिदारबाट निजामती सेवा प्रवेश गरी गत वर्ष खुल्ला प्रतिस्पर्धाबाट नासुमा सिफारिस भएकी थिइन्।

Advertisement 2

निजामती प्रशासनमा एक पछि अर्काे रेकर्ड ब्रेक गरिरहेको छ गुल्मीले । एकै बर्षमा १० वटा लोसेवाका परीक्षा पार लगाएर गुल्मीका युवाले रेकर्ड कायम गरेका छन् । त्यहीबाट अहिले १३ जना शाखा अधिकृत थपिएका छन् । जसममध्यका हुन सुरेन्द्र र रमिता । यसपटक गुल्मी जिल्लाबाट १३ जनाले शाखा अधिकृतमा नाम निकालेका छन्। मंगलबार सार्वजनिक भएको नतिजाअनुसार नेपाल प्रशासन सेवा, नेपाल लेखापरिक्षण सेवा र संघीय संसद् सेवा अन्तर्गतको अधिकृत पदमा गुल्मीबाट खुलातर्फ ११ र महिलातर्फ २ जना शाखा अधिकृतमा सिफारिस भएका छन्।

प्रकाशित :२०८० फाल्गुन ३, बिहीबार ०७:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry