श्रम मन्त्रीबाट राजीनामा दिएका रामेश्वर राय भन्छन् :-“अब गाउँ फर्कन्छु,भैसी चराउँछु”

प्रधानमन्त्री केपी शर्मा ओलीले हठात प्रतिनिधिसभा बिघटन गरे पछि प्रचण्ड माधव खेमाका सात मन्त्रीहरुले राजीनामा दिए ।
राजीनामा दिनेहरुमा थिए बर्षमान पुन,गिरिराजमणि पोखरेल,शक्ति बस्नेत,विना मगर,घनश्याम भुषाल,योगेश भट्टराईहरु झैं रामेश्वर राय यादव पनि हुन् ।
उनी पूर्व श्रममन्त्री गोकर्ण विष्टलाई बिस्थापन गरी त्यहाँ पुगेका थिए । झण्डै एक बर्षश्रम मन्त्री रहेका यादवले यादवले आफ्नो पूर्वसमूहप्रति उत्तरदायित्व प्रस्तुत गर्दै राजीनामा दिए । अस्ति आइतबार राजीनामा गर्ने सात मन्त्रीमध्य दुई पूर्व एमाले,त्यसमा पनि माधव नेपाल खेमाका हुन भने रामेश्वर पूर्वमाओवादी केन्द्रमा थिए । लामो समय मधेसकेन्द्रित राजनीतिमा सक्रिय उनी ०७४ को निर्वाचनअघि माओवादीमा प्रवेश गरेका हुन् ।
राजीनामा दिए लगतै उनी पुल्चोकस्थित मन्त्री क्वार्टरबाट आफ्नै घर इमाडोलमा डेरा सरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हठात यस्तो कदम चाल्नुहोला भन्ने कल्पना समेत नगरेको उनी सुनाउँछन । भन्छन “हामीलाई पनि पहिला थाहा थिएन, उहाँले यस्तो कदम चाल्दै हुनुहुन्छ भनेर । एक्कासि बिहान ९ बजे क्याबिनेट बैठक छ, आउनु भनेर खबर आयो । हामीलाई ९ः४५ मा आउनु भनिएको थियो । तर, क्याबिनेट बैठकचाहिँ पाँचदेखि सात मिनेट मात्रै बस्यो ।”
त्यस दिनको क्याविनेट बैठकमा कृषिमन्त्री घनश्याम भुषाल बोल्दै हुनुहुन्थ्यो । प्रधानमन्त्रीले ‘मैले कुरा बुझिसकेँ’ भन्नुभयो । बर्षमानले बोल्न खोज्दै गर्दा उहाँलाई बोल्न दिइएन । प्रधानमन्त्रीले ‘ताजा जनादेशमा जाने, सार्वभौम जनतामा जाने, अरु विकल्प छैन’ भन्नुभयो । त्यसपछि माइन्युट लेखाइयो । मुख्यसचिव प्रधानमन्त्रीको पछि पछि लागेर गए । प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड आउनुभएको थियो । उहाँको कुरै नसुनी शीतल निवास जानुभएको पनि उनले सुनाए ।

Advertisement 1

यस अघि दुईपटक लोकेन्द्रबहादुर चन्दको क्याबिनेटमा र यसपटक केपी ओलीसँग गरेर तीनपटक मन्त्री बनेका उनको अनुभव छ,यसपटक काम गरेजस्तो अनुभव कहिल्यै भएन । क्याबिनेटमा डिस्कसै नहुने । मुख्यसचिवले एजेण्डा राख्ने, प्रधानमन्त्रीले टाउको घुमाइदिएपछि पुग्ने । मन्त्री रहनु–नरहनुको कुनै अर्थै रहेन । साक्षी बस्न गएजस्तो मात्रै भएको पनि उनले सुनाए ।
आफ्नो मन्त्रालयमातहतका नियुक्तिहरुमा समेत प्रधानमन्त्री तथा उनको सचिवालयबाट हस्तक्षेप हुने गरेको पीडा उनले सुनाए ।
भने,पूर्वमाओवादीहरुले सम्हालेको मन्त्रालयमा बालुवाटारबाट आफ्ना पकेटको सचिव पठाउने, सचिवले जेमा पनि भाँजो हाल्ने । मेरै मन्त्रालयमा पनि एक वर्षमा दुईवटा सचिव फेरिए । यसपटक नामले मन्त्री, कामले केही न केही भयो ।
त्यसमाथि मन्त्री भएदेखि यता एक बर्षमा प्रधानमन्त्रीसँग जम्मा एक पटकमात्र प्रधानमन्त्रीसँग छुट्टै भेट भएको पीडा पनि पोख्न भ्याए । वर्षमा एकचोटि भेट भयो, त्यो पनि ५ मिनेट । ‘ए रामेश्वरजी, तपार्इं यता कि उता’ भनेर सोध्न डेढ महिनाअघि बोलाउनुभएको थियो । मैले भनेँ, ‘म तपाईंको मन्त्री हुँ, तपाईं मेरो प्रधानमन्त्री हुनुहुन्छ ।’
मधेशवादी दल हुँदै कम्युनिष्ट बनेका उनले कम्युनिष्टहरु सिष्टममा चल्छन् भन्ने सोचेका थिए तर, केपी ओलीको कार्यशैली ठ्याक्कै उल्टो पाएको सुनाए ।
अब के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा भने “पार्टीको काममा लाग्छु । कृषिकर्मतिर फर्किन्छु । अब फेरि भैँसी चराउन जाने ।”
अब ६ महिनाभित्र कुनै पनि हालतमा चुनाव नहुने ठोकुवा गर्दै यी पूर्व मन्त्री भन्छन् चुनावमा उठ्ने मन छैन ।

प्रकाशित :२०७७ पुष ९, बिहीबार १२:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry