सहायकस्तरका कर्मचारीहरुलाई ३५ दिने सेवाकालीन तालिमको अवसर (सूचनासहित)

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले सहायकस्तरका कर्मचारीहरुलाई सेवकालीन तालिमका लागि दरखास्त आह्वान गरेको छ । प्रतिष्ठानले आगामी साउन २९ गतेबाट आयोजन हुने ३५ दिने सेवाकालीन प्रशिक्षणका लागि मनोनयन फाराम भरेर पठाउन भनेको छ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक तथा हस सचिव कुमार दाहालद्धारा जारी सूचनामा,संघमा कार्यरत निजामती सेवाका राप अन प्रथम र द्धितीय श्रेणी र प्रदेश तथा स्थानीय तहको चौंथो र पाँचौं तहका कर्मचारीहरुलाई मनोनयन फाराम भर्न आह्वान गरिएको छ ।
Advertisement 1
मनोनयन फाराम भर्न अन्तिम दिनसम्म ३ बर्ष सेवा अवधि पुगेको हुनुपर्ने र तालिममा छनौट भएका कर्मचारीहरुको दैनिक भ्रमण भत्ता,यातायात र आवास खर्च सम्बन्धित कार्यालयले बेहोर्नुपर्ने सूचनामा जनाइएको छ ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/07/sahyak.pdf”]













