राहादनी विभाग भन्छ :-काठमाडौं नआउनु, १५ दिनभित्र जिल्लाबाटै राहदानी पाइन्छ

 

Advertisement 1

राहदानी विभागले सेवाग्राहीलाई सम्बन्धित जिल्लाबाटै राहदानी वितरण हुने हुँदा विभागले सेवाग्राहीलाई काठमाडौं नआउन भनेको छ। विभागले एक वक्तव्य जारी गर्दै राहदानी लिन चाहनेलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै आवेदन दिन आह्वान गरेको हो ।

विभागद्धारा जारी बक्तव्यमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत् आवेदन दिएको १० देखि १५ दिनभित्रमा राहदानी पाउने सुनिश्चितता भएकाले सम्बन्धित जिल्लाबाटै राहदानी पाइने हुँदा काठमाडौं नआउन भनेको हो । पछिल्लो समय काठमाडौं उपत्यका र आसपासमा जिल्लामा २–३ दिनभित्रै र अन्य जिल्लाको हकमा १० देखि १५ दिनभित्रमा राहदानी वितरण भइरहेको विभागका प्रवक्ता शरदराज आरणद्धारा जारी वक्तव्यमा भनिएको छ ।

Advertisement 2

विभागबाट ९ देखि साँझ ६ बजेसम्म राहदानी वितरणको काम गरिरहेको र दैनिक ६ हजार ५ सय भन्दा बढी राहदानी उत्पादन गरिरहेको जसमध्ये विभागमा मात्र दैनिक २ हजार ४ सयभन्दा बढीले राहदानी बनाउनका लागि आवेदन दिने गरेका छन् ।

Advertisement 3

राहदानी निर्माणका लागि आवेदन गरेको २–३ महिनासम्ममा पनि नपाउने अवस्था रहेकोमा हाल त्यस्तो समस्या नभएको र सबै जिल्ला प्रशासन कार्यालयमा आवेदन दिएको १५ दिनभित्र वितरण भइसक्ने व्यवस्था गरिएको विभागको भनाइ छ ।

 

प्रकाशित :२०७९ असार १९, आईतवार १५:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम