डाक्टरद्धय खराल र खनाल सचिवमा बढुवा

सरकारले दुई जना बरिष्ठ सहसचिवहरुलाई सचिवमा बढुवा गरेको छ । बढुवा भएकामध्ये एक जना जेष्ठताका आधारमा र अर्काे एक जना कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवा भएका हुन ।
मंगलबार बसेको क्याविनेट बैठकले सहसचिवद्धय डा दीपक खराल र डा गोपी खनाल बढुवा भएका हुन । डा खराल जेष्ठताका आधारमा बढुवा भएका हुन ।
यस्तै बढुवा सिफारिस समितिको वरिष्ठ सहसचिवहरु डा दीपक खनालसहित दीपक काफ्ले र नारायण प्रसाद शर्मा दुवाडीको नाम सिफारिस गरेकोमा पहिलो नम्बरमा नाम सिफारिस भएका खनाललाई सचिवमा बढुवा गरिएको हो ।
हालैमात्र कृषि तथा पशुपक्षी मन्त्रालयको सचिव निरु दाहाल पाण्डे उमेरहद लागेर घर फर्किएसँगै रिक्त रहेको स्थानमा डा खराल बढुवा भएका हुन् ।लोकसेवा आयोगका अध्यक्ष महेन्द्र पूसाद गुरागाईले आजबाट अनिवार्य अवकाश पाएका छन् । उनले दिएको राजीनामा गत १६ गते नै स्वीकृत भएसँगै प्रशासनतर्फ एक सचिव पद रिक्त भएको हो ।

प्रकाशित :२०७९ असार २२, बुधबार ०९:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry