प्रमुख प्रशासकीय अधिकृत कार्यपालिका बैठकमै कुटिए, टाउकोमा तीन टाँका

कैलाली । कार्यपालिका बैठकमै डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटिएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी घाइते भएका हुन् ।

Advertisement 1

अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको र उनको टाउकोमा तीन वटा टाँका लागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाँकिएको थियो । बैठकमा आक्रोशित सदस्यले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए । नगरपालिकाका योजना अधिकृत रहेका जोशीलाई मङ्सिर पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।

Advertisement 2

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकारसहित उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।

प्रकाशित :२०८० चैत्र १, बिहीबार १९:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry