घनचक्करका बीच उदाए घनश्याम

पुषमा एमाले जिसस बनेका बराललाई चैतको अन्तिमतिर एमालेले कारबाही गरेको घोषणा गर्यो । सन्दर्भ चुनाव पारेर जम्मा भएका बराल परिवारले कुलकै प्रतिष्ठाको विषय भएकोले एमाले भए पनि लक्ष्मीप्रसाद बराललाई भोट हाल्नुपर्ने ह्विप जारी भो ।
Advertisement 1
अञ्जनकुमार
निर्बाचन हुनु हप्तादिन पहिले मात्रै होटल ग्रान्ड पोखरामा अमेरिका, जापान लगायत विदेशबाट फर्केका फेदिखोले बरालहरुले एउटा प्रतिज्ञा गरे, फेदिखोलामा अहिले जसरी भएपनि घनश्याम सुवेदीलाई ढलाउनु पर्छ भनेर । २०७४ मै पालिका अध्यक्षको दाबी गरेका लक्ष्मीप्रसाद बरालले पालिका अध्यक्षको टिकट नपाएपनि २३ पौष ०७८ मा भएको नेकपा एमाले स्याङ्जा जिल्ला अधिवेशनबाट भने जिल्ला कमिटी सदस्यमा निर्बाचित भए ।
Advertisement 2
जिल्ला कमिटीको सदस्य मा निर्बाचित बरालले पुन गाउँपालिकाको टिकट दाबी गरे तर पार्टीले एकपटक २०७४ कै अध्यक्ष घनश्याम सुवेदीलाई नै दोहोर्याउने छनक प्रष्ट भएपछि बराल कांग्रेस प्रवेश गरी टिकट हात पारे । पुषमा एमाले जिसस बनेका बराललाई चैतको अन्तिमतिर एमालेले कारबाही गरेको घोषणा गर्यो । सन्दर्भ चुनाव पारेर जम्मा भएका बराल परिवारले कुलकै प्रतिष्ठाको विषय भएकोले एमाले भए पनि लक्ष्मीप्रसाद बराललाई भोट हाल्नुपर्ने ह्विप जारी भो ।
फेदिखोला गाउँपालिकामा एमाले इन्चार्ज थिए पुष्पराज बराल । उनी उनै लक्ष्मीप्रसादका आफ्नै दाइ। सुवेदी पार्टीका मान्छे भएपनि आफ्नै भाइ अध्यक्षको प्रत्यासी भइरहँदा असहयोग गर्ने कुरा भएन । पाँच दलिय गठबन्धन छदैछ । त्यसमा पनि एमालेका पालिका हस्ती बरालतिर फर्केपछि सुवेदी लगायत एमाले उम्मेदवार पराजित कुनै आईतबार थिएन । एमालेको चुनावी रणनीति मात्रै हैन बैठकको माइन्युट समेत कांग्रेसी उम्मेदवारकोमा पुग्नथाल्यो । पाँचवटा वडा भएको फेदिखोलाको चारवटा वडा गन्दा समेत धनश्याम लामै अन्तरले पछाडि थिए । गठबन्धन दल एमाले भन्दा घनश्याम ढल्ने भयो भनेर ढुक्क थिए ।
Advertisement 3
सातसय भन्दा बढी एमालेको मत कांग्रेसका लक्ष्मीप्रसाद सुवेदीलाई परे पनि अन्तिममा गन्न बाँकी १ नम्बर वडाको मतले १ सय ३२ मतान्तरले सुवेदीले बराललाई पराजित गरे । सुवेदीले ३ हजार ८३६ मत प्राप्त गर्दा बरालले ३ हजार ७०४ प्राप्त गरेका थिए। उपमेयरमा एमालेकै देवीकुमारी गुरुङले माओवादीका शिवप्रसाद पराजुलीलाई १५ सय ९९ मतले पराजित गरेकी थिइन् । पराजुलीको २३ सय ७९ मत ल्याउँदा गुरुङले ३९७८ प्राप्त गरेकी थिइन् ।
तिनै सुवेदीले ०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका तारापति सुवेदीलाई भने २ हजार ४६ मतले पराजित गरेका थिए । सुवेदीले ३८ सय ६ मत प्राप्त गर्दा पराजित अर्का सुबेदीले १७ सय साठी मात्र प्राप्त गरेका थिए ।
उता, पार्टी केन्द्रीय सचिव तथा गण्डकी प्रदेश सचिव पद्मा अर्यालको जोडबलमा गल्याङ नगरपालिकाको मेयरको प्रत्यासी बनेका नेकपा एमालेका स्याङ्जा अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस ६९९ मतले पराजित भए । अघिल्लो निर्बाचनमा एमालेले मेयर उपमेयर सहित बहुमत जितेको गल्याङमा एमालेले प्रमुख उपप्रमुख दुवै गुमायो । ०७४ मा एमालेका भुपराज अधिकारीसंग कांग्रेसका लालगोपाल अर्याल २३ सय ६ मतले पराजित भएको गल्याङमा एमालेका अहिले अध्यक्ष नै पराजित हुन पुगे । उपमेयरमा भने जम्मा ६३ मतले कांग्रेसकी हेमा न्यौपानेले एमालेकी देवीसरा थापालाई पराजित गरेकी थिइन् ।
लाजमर्दो कुरा त एमाले सचिव पद्ममा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल ५ सयको अन्तरले २६ बर्षे ठिटो शम्भव अर्यालसंग वालिङ नगरपालिकाको वडा सदस्यमै पराजित भए। जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुख बनाउने पद्मको योजना त्यसै तुषारापात भयो । पद्मा यस्तै कारणले पनि स्याङ्जामा निकै आलोचित छिन् । पद्माका श्रीमान सदस्यमा पराजित भए पनि वालिङ नगरपालिकामा एमालेका मेयरले विजयी हासिल गरे ।
चर्चित मेयर दिलीपप्रताप खाँडलाई एमालेका कृष्ण खाँडले २१ सय ८३ मतको अन्तरले पराजित गरे । उपमेयरमा भने कांग्रेसकी कविता तिवारीले एमालेकी खगिसरा थापा मगरलाई ४८२ मतले पराजित गरिन् ।
११ स्थानीय निकाय रहेको स्याङ्जामा वालिङ,आँधीखोला, कालीगण्डकी, फेदिखोला, बिरुवा, हरिनास छ स्थानीय निकायमा एमाले विजयी भएको छ भने बाँकीमा गठबन्धनले विजयी प्राप्त गरेका छन् ।