सरकारी सिन्दुरसँगै साहित्य श्रृजनामा जमेका दिल पौडेल
पचासको दशकपछि नेपाली साहित्यमा प्रभाव जमाउन थालेको विद्या हो हाइकु । यो विधाप्रति युवाबर्गमा मोह देखिन थालेको छ । ५–७–५ को वर्णसंरचनात्मक ढाँचामा तीन हरफमा १७ अक्षर समावेश गरी लेखिने (जापानी साहित्य) हाइकु विधामा अर्काे एक इट्टा थपिएको छ नेपाली साहित्यमा ।
राष्ट्रसेवक कर्मचारी दिल पौडेलको पहिचान अब सरकारी कर्मचारीमा मात्र सीमित रहेन् । दुधौली प्रज्ञा प्रतिष्ठानका अध्यक्षको भूमिका निर्वाह गरिरहेका पौडेलले लकडाउन र कोरोना कहरका समयको सदुपयोग गर्दै नयाँ सन्तान जन्माए काउसो जुन ।
Advertisement 1
कृतिभित्र समकालीन नेपाली जीवनको विविध पाटोलाई सांकेतिक तथा व्यञ्जनात्मक रुपमा प्रतिबिम्बन गरेको छ । हाइकु संङ्ग्रहमा ४ सय ७९ हाईकुका साथै पुर्पक्ष मन सेन्युसंङ्ग्रह समेत समाबिष्ठ छ । जस्ले ग्रामणी जीवन,कृषि जीवन र प्राकृतिक प्रकोपका सास्तीदेखि प्राकृतिक सौन्दर्य,मौसमलाई सुक्ष्मरुपमा हाइकुमा उतारिएको भेटिन्छ कृतिभित्र । नेपाली न्याय प्रणालीमाथि समेत हाइकुले चोटीलो प्रहार गर्न भ्याएको छ । कतै गरिबी,अभाव र तनाव,नेपालको राजनीति,धर्म,संष्कृति,नारीमाथिको विभेद र अत्याचारका कथाहरु बोलेको छ कृतिले । सौन्दर्य चेतना,स्मृति,अनुभुतीजस्ता सारभुततत्व समावेश भएका कारण पौडेलका हाइकु उच्च कोटीको मान्न सकिन्छ । कृतिभित्र अहिलेको सरकारका हनुमानहरुलाई १७ शब्दमा दिएको दनक यस्तो छ :-
रामको भक्त
हनुमान बन्नेहरु
मात्रै सशक्त