प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी
एक नम्बर प्रदेशका तीन जना मन्त्रीहरुले राजीनामा दिएका छन् । त्यहाँका थप एक मन्त्री र दुई जना राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन्।सामाजिक विकास मन्त्री जीवन घिमिरे,सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग,पर्यटन,वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका हुन् ।
Advertisement 1
त्यहाँका मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी चल्दैछ ।
शनिबार मात्र मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा असंवैधानिक तवर र गलत नियतले विघटन गरेको बिरुद्धमा लागेको र मुख्यमन्त्रीबिरुद्ध अविश्वास प्रस्तावको तयारी गरेको आरोपमा आङ्बोलाई हटाइएको थियो । यससङ्गै मुख्यमन्त्री शेरधन राई स्वतस् अल्पमतमा परेका छन् ।
प्रकाशित :२०७७ पुष १२, आईतवार १०:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%