सरकारी उच्च तहमा महिलाको उपस्थिति बढ्दै, बहालरत ७० सचिवमा ७ महिला

पछिल्लो समय निजामती सेवामा महिलाहरुको संख्या बढ्दो देखिन्छ । नेपाल सरकारका निकायगत सचिव तथा विशिष्ट श्रेणीमा बहालरत ७० कर्मचारीमध्ये महिला मात्र ७ जना पुगेका छन् अर्थात अहिले निजामती सेवाको विशिष्ट श्रेणीमा १० प्रतिशत महिला पुगेका छन् ।
Advertisement 1
रेल्वे विभागको पहिलो महिला डिजी हुँदै खानेपानी विभागको समेत पहिलो महिला महानिर्देशक बनेर रेकर्ड भंग गरेकी प्रमिलादेवी बज्राचार्य अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको प्रविधि सचिवको भूमिकामा छन् । यस्तै निजामती क्षेत्रमा एकाघरको दाजु र बहिनी र्नै सचिव बनेर अर्काे रेकर्ड ब्रेक गर्न सफल देवकुमारी गुरागाई अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जनसंख्या सचिवको भूमिकामा छन् ।
पहिलो पटक सर्वोच्च अदालतका रजिस्ट्रार महिला बनेर निर्मला पौडेलले अर्काे रेकर्ड ब्रेक गरिरहेकै छिन भने महालेखापरीक्षकको कार्यालयका कार्यबहाक महालेखापरीक्षकको जिम्मेवारीमा छिन्,राममाया कुँवर । टंकमणि शर्मा घर फर्किएपछि उनी निमित्तको जिम्मेवारीमा छिन्,उनले पनि पहिलो पटक महालेखा परीक्षकको उपल्लो पदमा कार्यरत महिला हुन ।
यस्तै सोही कार्यालयमा कार्यरत उप–महालेखा परीक्षक विन्दु विष्टदेखि नेपाल कानुन आयोगको सचिव लीलादेवी गडतौला र हिजोमात्र सचिव पदमा बढुवा भएकी लक्ष्मीकुमारी बस्नेतसमेत गरी अहिले निजामती सेवाको उच्च पदमा सात जना महिला कार्यरत रहेका छन् ।
महालेखा परीक्षकको कार्यालयमा उपमहालेखा परीक्षकमा कार्यरत राममाया कुँवर खड्काले मुखिया पदबाट निजामती सेवाको यात्रा सुरु गरेकी हुन् । २०२४ बैखाख १ गते लुमजुङमा जन्मिएकी उनका बुवा बलबहादुर खड्का र माता पूर्णीमाया हुन् । उनले २०४९ सालमा मुखियाको परीक्षा पास गरी सेवा सुरु गरेकी हुन् । वन विभाग काठमाडौंबाट सेवाको सुरु गरेकी उनले यहाँ तीन वर्ष काम गरेपछि २०५३ सालमा प्रशासन समूहकी खरिदार बनिन्। खरिदार भएपछि तत्कालीन भूमिसुधार विभाग, सुकुम्वासी आयोग तथा लोकसेवा आयोगमा काम गरिन । २०५९ सालमा शाखा अधिकृत भइन् । त्यसयता महालेखा परीक्षकको कार्यालयमै कार्यरत छिन् । २०६७ सालमा उपसचिव बनेकी कुँवर २०६९ सालमा सहसचिव र २०७५ साउनदेखि सचिवमा बढुवा भएकी हुन् । कुँवरले मास्टर अफ विजनेश स्टडिज र जनप्रशासन विषयमा स्नाकोत्तर छिन् ।
Advertisement 2
परिवारका सातै सदस्य सरकारी जागिरे भएकी देवकुमारी गुरागाईँ अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा (जनसंख्या सचिवको भुमिकामा छिन् । गुरागाईले २०५१ सालदेखि प्राविधिक सहायक पदवाट निजामती सेवामा प्रवेश गरेकी हुन् । २०५५ सालमा शाखा अधिकृत भएकी उनी २०६४ सालमा उपसचिव भइन् । शिक्षा सेवा, शिक्षा प्रशासन, राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिव भएपछि उनी शिक्षक किताब खानामा पुगिन् । ०६४ सालमा शिक्षा सेवा, शिक्षा प्रशासनको सहसचिवमा बढुवा भएकी हुन् । सहसचिव भएपछि उनले शैक्षिक जनशक्ति विकास केन्द, सानोठिमीमा निर्देशक, क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलको प्रमुमखदेखि विभिन्न क्षेत्रमा काम गरिन् ।२०७३ भदौदेखि २०७५ असारसम्म शैक्षिक जनशक्ति विकास केन्द्रको कार्यकारी निर्देशकको कार्यभार सम्हालेकी गुरागाईं २०७५ फागुन २६ गतेमा सचिवमा बढुवा भइन् । सचिव भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गरिन् । त्यहाँबाट निर्वाचन आयोग हुँदै अहिले सार्वजनिक खरिद अनुगमनको कार्यलय हुँदै अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेकी हुन ।
यस्तै अहिले नेपाल कानुन आयोगको सचिवमा लिलादेवी गड्तौला कार्यरत छिन् । उनी कानुन मन्त्रालयमा कार्यरत थिइन । त्यहाँको वरिष्ठ सहसचिव बनेर कार्यरत गड्तौला अघिल्लो बर्षको कार्तिकमा सचिवमा बढुवा भएसँगै नेपाल कानुन आयोगमा पदस्थापन भएकी हुन् ।
Advertisement 3
यस्तै प्रमिला बज्राचार्य अहिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रविधि सचिवको रुपमा कार्यरत छिन् । उनलाई खानेपानी मन्त्रालयबाट सरुवा गरेर विज्ञान तथा प्रविधि सचिवको रुपमा सरुवा गरिएको हो ।यस अघि उनी रेल्वे विभागको पहिलो महिला डिजी बनेर रेकर्ड कायम गर्न सफल भएकी थिइन ।
यस्तै सर्वोच्च अदालतको पहिलो महिला रजिष्टरको रुपमा कार्यरत छिन् निर्मला पौडेल भएकी छन्। न्याय सेवा आयोगको सिफारिसमा उनी गत बर्ष पौडेललाई त्यहाँ नियुक्त गरेको हो। पौडेल सर्वोच्च अदालतको रजिस्टारमा नियुक्त हुने पहिलो महिला बनेर रेकर्ड कायम गर्न सफल भएकी छिन् ।
लक्ष्मीकुमारी बस्नेत हिजो सचिवमा उक्लिएकी हुन । निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौं पटक ज्येष्ठताबाट एक जनामात्र सहसचिवको नाम सिफारिस गर्ने व्यवस्थाअनुसार सबैभन्दा ज्येष्ठ सहसचिव बस्नेतको नाम सिफारिस भएको हो ।सोही आधारमा क्याविनेटले उनलाई सचिवमा उकालेको हो ।
उनी २०६३ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी बस्नेतको पहिलो पोस्टिङ भौतिक योजना तथा निर्माण मन्त्रालयमा भएको थियो। त्यहाँ चार महिना काम गरेपछि शहरी विकास मन्त्रालयमा काम गरे । शाखा अधिकृतको रुपमा ४ वर्ष काम गरेपछि २०६६ मा उपसचिवका लिखितमा नाम निकालिन। तर अन्तर्वार्ता बिग्रिएका कारण सिफारिस हुन सकिनन्। २०६७ साल सहसचिवमा सिफारिस भई तत्कालीन शान्ति मन्त्रालयमा, कर्णाली प्रदेशको मुख्यमन्त्रीको कार्यलयमा एक वर्ष सम्म सेवा गरिन । उनी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत थिइन ।
बिन्दु विष्ट महालेखापरीक्षकको कार्यालयमा उप९महालेखा परीक्षक हुन् । उनी १९ श्रावण २०७९ मा बढुवा भएकाी हुन् ।