यस्ता छन् मन्त्रिपरिषद् बैंठकका निर्णय

सरकारले भन्सार विधेयक र विद्युत विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको छ। नेपाल सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठक उक्त निर्णय गरेको बताइन्।

Advertisement 1

साथै, आजको मन्त्रिपरिषद्को बैठकले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। त्यसैगरी प्रतिनिधि सभा सदस्यद्वय माधव सापकोटा र राजेन्द्रकुमार केसीलाई नीजीकरण समितिको सदस्यमा मनोनित गर्ने निर्णय पनि भएको प्रवक्ता शर्माले बताइन्।

त्यसैगरी, नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाश कुमार पनेरुलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ।

Advertisement 2

कूटनीतिक तथा सरकारी राहदानी वहाकलाई नेपाल र फिलिपिन्सबीच हुने सम्झौतामा हस्ताक्षर गर्नसमेत मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

प्रकाशित :२०८० भाद्र १३, बुधबार ०८:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry