सरकारी प्रतिवेदन भन्छ :- एक तिहाई कर्मचारी समयमा कार्यालय पुग्दैनन,तोकिएको पोशाक लगाउँदैनन्

सरकारले १ जेठदेखि सातामा दुई दिन शनिवार र आइतबार सार्वजनिक बिदा दिन थालेको छ । यो सँगै दैनिक ८ कार्यघण्टा बनाइएको छ र कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म पुर्याइएको छ तर अधिकांश सरकारी कर्मचारीहरु न समयमा कार्यालयमा पुग्छन न त तोकिएको ड्रेस नै लगाउने गरेका छन् ।
सरकारी संयन्त्रले गरेको एउटा अनुगमनको क्रममा यस्तो भेटिएको हो । राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको अनुगमनको क्रममा अधिकांश कर्मचारीहरु कार्यालय समयमा हाजिर नभएको र तोकिएको पोशाक समेत नलगाउने गरेको पाइएको हो । केन्द्रले गरेको अनुगमनको क्रममा एक तिहाई कर्मचारी न त कार्यालय समय अर्थात बिहान साढे ९ बजे कार्यालय पुगेको नभेटिएको हो । यस्तै अधिकांश कर्मचारीहरु सरकारले तोकेको पोशाक नलगाई टिर्सट पाइन्टमा ढाटिएर वा अन्य पोशाकमा कार्यालय प्रवेश गरेको भेटिएको हो । कार्यालय नगएर बिदा बसेकामध्ये अधिकांश कर्मचारी बिदा समेत स्वीकृत नगराई बिदामा बसेको केन्द्रको अनुगमनको क्रममा खुलेको छ ।
Advertisement 1
राष्ट्रिय सतर्कता केन्द्रले विभिन्न विभिन्न मन्त्रालय,विभागसहितका उपत्याकाभित्रका २१ वटा सरकारी कार्यालयमा छड्ेक अनुगमन गर्दा १ सय ६ कर्मचारीले कार्यालय समयमा कार्यालयमा नपुगेको भेटिएको हो । यस्तै २३ जनाले बिदा स्वीकृत नगराई अनुपस्थित रहेको पाइएको छ। समय पालना नगर्नेमा अधिकृतस्तरका ४२,साहयकस्तरका ४६,श्रेणी बिहिन १८ रहेका छन् भने बिदा स्वीकृत नगराई बस्नेमा अधिकृत स्तरका ३,साहयक स्तरका आठ र श्रेणीबिहिन कर्मचारी २ जना रहेका छन् । यस्तै तोकिएको पोशाक नलगाउनेमा अधिकृतस्तरका १२,साहायक स्तरका २१ र श्रेणी बिहिन ५ जना रहेका छन् ।
समयमा कार्यालय नपुग्ने अटेरी कर्मचारीमा सबैभन्दा बढी शहरी विकास तथा भवन निर्माण विभाग ववरमहलका १९ कर्मचारी समयमा कार्यालयमा नपुगेको पाइएको हो । केन्द्रको अनुमगनको क्रममा शहरीका अधिकृतस्तरका ६ र साहायक स्तरका १० र श्रेणीबिहिन ३ कर्मचारी कार्यालय समय पालना नगरेको पाइएको हो । यस्तै यातायात व्यवस्था कार्यालय साना ठूला (बाग्मती),एकान्तकुनाका १८ कर्मचारीले नियम पालना नगरेको भेटिएको हो । केन्द्रले गरेको अनुगमनको क्रममा सो कार्यालयका अधिकृतस्तरका ८ र साहायकस्तरका १० कर्मचारी कार्यालयमा नभेटिएका हुन । वैदेशिक रोजगार विभाग बुद्धनगरका ११ कर्मचारीले समय पालना नगरिएको भेटिएको हो । केन्द्रको अनुगमनको क्रममा सो कार्यालयका अधिकृतस्तरका ४ र साहायकस्तरका ७ कर्मचारीले समय पालना नगरेको सर्तकता केन्द्रले जनाएको छ ।
Advertisement 2
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/05/IMG_0002.pdf”]
केन्द्रको अनुगमनको क्रममा वाणिज्य तथा आपूर्ति संरक्षण विभागमा १०,उद्योग विभागका ९,नापी कार्यालय कलंकीका २,यातायात व्यवस्था कार्यालय चाबहिलका ७,कम्पनी रजिष्टार्र्ड कार्यालउ त्रिपुरेश्वरका ११,यातायात कार्यालय सल्लाघारीका ३,यातायात व्यवस्था मोटरसाइकल (गर्जुधारा)का ८ कर्मचारीले नियम पालना नगरेका भेटिएको हो । मालपोत कार्यालय कलंकीका ८ कर्मचारीले नियम पालना नगरेको भेटिएको हो । छड्केमा कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत चार कर्मचारीले तोकिएको पोसाक नलगाएको पाइयो। २१ वटा सरकारी कार्यालयमा कार्यरत कर्मचारीमध्ये १३ जनाले पोसाक नलगाएको रिपोर्टमा उल्लेख छ। यसअघि केन्द्रले गत वैशाख ८ गते १० वटा सरकारी कार्यालयमा छड्के गरेको थियो। त्यसबेला पनि कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएको केन्द्रले जनाएको थियो।
Advertisement 3
केन्द्रको अनुगमनको क्रममा बैदेशिक रोजगार विभाग बुद्धनगरमा समय पालना नगर्ने कर्मचारी एघार जना रहेका छन्, विदा स्वीकृत नगराइ घर बस्ने दुई जना तोकिएको पोसाक भने सबैले लगाएको केन्द्रले जनाएको छ । यस्तै नापी कार्यालय कलंकीमा सबै कर्मचारीहरुले समयको पालना गरेका छन्, विदा स्वीकृत नगराइ घर बस्ने १ जना तोकिएको पोसाक नलगाउने १ जना भेटिएको केन्द्रले जनाएको छ ।
उद्योग विभाग त्रिपुरेश्वरमा समय पालना नगर्ने कर्मचारी चार जना रहेका छन् । यातायात कार्यालय चावहिलमा समय पालना नगर्ने कर्मचारी पाँच जना रहेका छन्, विदा स्वीकृत नगराइ घर बस्ने २ जना भेटिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा समय पालना नगर्ने कर्मचारी पाँच जना रहेका छन्, विदा स्वीकृत नगराइ घर बस्ने २ जना भेटिएको केन्द्रले जनाएको छ ।
कम्पनी रजिटार कार्यालय त्रिपुरेश्वरमा समय पालना नगर्ने कर्मचारी सात जना रहेका छन्, तोकिएको पोसाक नलगाउने ४ जना भेटिएको छ । यातायात व्यवस्था कार्यालय साना ठूला एकान्तकुनामा समय पालना नगर्ने कर्मचारी २६ जना रहेका छन्, तोकिएको पोसाक नलगाउने १ जना भेटिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा भने कुनै कमी कमजोरी फेला परेको छैन् ।
नापी कार्यालय मिनभवनमा समय पालना नगर्ने कर्मचारी सात जना रहेका छन्, विदा स्वीकृत नगराइ घर बस्ने १ जना तोकिएको पोसाक नलगाउने १ जना भेटिएको छ । यातायात कार्यालय सल्लाघारीमा समय पालना नगर्ने कर्मचारी १ जना रहेका छन्, विदा स्वीकृत नगराइ घर बस्ने १ जना तोकिएको पोसाक नलगाउने १ जना भेटिएको छ । वन तथा भूसंरषण विभाग बबरमहलमा समय पालना नगर्ने कर्मचारी पाँच जना रहेका छन् । यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जधारामा समय पालना नगर्ने कर्मचारी तीन जना रहेका छन्, तोकिएको पोसाक नलगाउने पाँच जना भेटिएको छ ।
३१ नं वडा कार्यालयमा विदा स्वीकृत नगराइ घर बस्ने २ जना तोकिएको पोसाक नलगाउने ३ जना भेटिएको छ । मालपोत कार्यालय कलकींमा तोकिएको पोसाक नलगाउने ८ जना भेटिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग बबरमहलमा समय पालना नगर्ने कर्मचारी उन्नाइस जना रहेका छन्, तोकिएको पोसाक नलगाउने सातयातायात व्यवस्था विभाग मिनभवनमा पनि कुनै समस्या फेला परेको छैन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा समय पालना नगर्ने कर्मचारी दस जना रहेका छन्, तोकिएको पोसाक नलगाउने तीन जना भेटिएको छ । १४ नं वडा कलकींमा समय पालना नगर्ने कर्मचारी तीन जना रहेका छन्, विदा स्वीकृत नगराइ घर बस्ने चार जना भेटिएको छ । यातायात व्यवस्था कार्यालय ठूलो भर्याङमा तोकिएको पोसाक नलगाउने तीन जना भेटिएको छ । सानोभर्याङमा समय पालना नगर्ने कर्मचारी तीन जना रहेका छन् । ३२ नं वडा पेप्सिकोलामा समय पालना नगर्ने कर्मचारी दुई जना रहेका छन्, तोकिएको पोसाक नलगाउने १ जना भेटिएको छ ।
एक सय ५ जना समय पालना नगर्ने कर्मचारीहरु रहेका छन् ती मध्य समय पालना नगर्ने ४२ जाना अधिकृत स्तरका छन् सहायक स्तरका ४६ जना रहेका छन् र १८ जना श्रेणी विहिन छन् । तेह्र जना बिदा स्वकिृत नगरी बस्ने रहेका छन् । ती मध्य ३ जाना अधिकृत स्तरका छन् सहायक स्तरका ८ जना रहेका छन् र २ जना श्रेणी विहिन छन् । भने ३८ जना तोकिएका पोसाक नलगाउने रहेका छन् । ती मध्य १२ जाना अधिकृत स्तरका छन् सहायक स्तरका २१ जना रहेका छन् र ५ जना श्रेणी विहिन छन् ।








