सामान्य प्रशासनसहितका चार मन्त्री हटाउने तयारी

मन्त्री पद जोगाउन अनेकन हार गुहारको बाबजुत पनि जसपाको चार मन्त्रीको पद नजोगिने भएको छ । गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेलमा होमिएसँगै जसपाका चार मन्त्रीको पद चट हुने भएको हो ।
जसपाले गठबन्धनलाई धोका दिएकाले जसपाबाट बनेका मन्त्रीहरुलाई हटाउने गृहकार्य सुरु भएको प्रधानमन्त्री निकट स्रोतको भनाई छ ।

Advertisement 1

जसपाबाट अहिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव मन्त्रिपरिषद्मधमा छन् ।

प्रधानमन्त्री देउवाले जसपाका चारै जना मन्त्रीलाई पदमुक्त गर्ने गरी परामर्श गरिरहेका हुन । शुरुमा नैतिकताका आधारमा राजीनामा माग्ने र नदिए देउवा आफैंले पदमुक्त गर्न लागेका छन् ।
स्रोतका अनुसार देउवाले निर्वाचन आयोगका आयुक्तहरूसँग यसबारे छलफल गरिसकेका छन् । चुनावी आचारसंहिता लागू भएपछि नयाँ मन्त्री नियुक्त गर्न पाइँदैन । मन्त्रीहरू हटाउन भने सकिने सल्लाह आयोगले दिएको छ ।
एमालेले जसपालाई प्रतिनिधिसभामा १७ र प्रदेशसभामा ४२ सिट दिने सहमतिअनुसार नै उम्मेदवारी परिसकेको छ । जसपाले प्रदेशसभातर्फ प्रदेश १ मा ३५, मधेसमा ३५, वाग्मतीमा २३, गण्डकीमा १५, लुम्बिनीमा १९, कर्णालीमा ५, सुदूरपश्चिममा २ जनाको उम्मेदवारी परिसकेको छ ।
सिट भागबण्डामा कुरा नमिले पछि जसपाले एमालेसँग चुनावी तालमेल गरेर उस्ले मागे अनुसारकै १७ सिट दिएको हो । यता पार्टीले एमालेसँग चुनावी तालमेल गरेसँगै आफ्नो मन्त्री पद गुम्न लागेको भन्दै जसपाका चारै जना मन्त्रीले पद जोगाइदिनका लागि अध्यक्ष उपेन्द्र यादवसँग आग्रह गरेका छन् ।

प्रकाशित :२०७९ आश्विन २५, मंगलवार १२:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry