वर्षौँ अघि बन्द भइसकेका दुई सरकारी उद्योगको प्रशासनिक खर्च ३४ करोड !

महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५८औँ प्रतिवेदनले सरकारले वर्षौँ अघि नै बन्द भइसकेका दुई वटा उद्योगमा करोडौँ प्रशासनिक लगानी गरेको छ ।

Advertisement 1

सरकारले हाल सञ्चालनमा नरहेको नेपाल ओरियण्ट एन्ड म्याग्नेसाइट उद्योग र सरकारी उद्योग गोरखकाली रबर उद्योगमा करडौं प्रशासनिक लगानी गरेको पाइएको छ । नेपाल ओरियण्ट एन्ड म्याग्नेसाइट उद्योगमा ८० लाख र गोरखकाली रबर उद्योगमा ३४ करोड रुपैयाँ लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

सामान्यतया सार्वजनिक संस्थानले आफ्नो प्रशासनिक खर्च आफ्नै आम्दानीबाट खर्च गर्न पर्ने हुन्छ । तर, वर्षौँ अघि बन्द भइसकेका यी दुई वटा उद्योगलाई भने सरकारले अहिलेसम्म बिना हिचकिचाहट ऋण लगानी पाइएको छ ।

प्रकाशित :२०७८ भाद्र ५, शनिबार १५:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry