काठमाडौँ महानगरपालिकाले माग्यो दुई सय भन्दा बढी कर्मचारी

काठमाडौँ महानगरपालिकाले करारमा   २३१ जना कर्मचारी मागेको छ । महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि करार सेवामा २१ जना सुपरीवेक्षक र २१० जना गणक माग गरिएको हो ।

Advertisement 1

जसमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका र आवश्यक न्युनतम योग्यता पुगेका इच्छुक युवायुवतीले आवेदन दिन सक्नेछन् । आवेदनको म्याद ७ दिनको रहेको छ । आवेदन अनलाइन प्रणालीबाट मात्र स्वीकृत हुनेछ । काठमाडौं महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणाली मार्फत आवेदन दिन सकिने र भौतिक रुपमा बुझाइएका आवेदनहरू भने मान्य नहुने जनाइएको छ ।

प्रकाशित :२०७८ माघ १८, मंगलवार १३:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry