प्रमुख प्रशासकीय अधिकृतमाथि गाउँपालिकाका अध्यक्षले हाने मुक्का
धनुषाको औरही गाउँपालिका जनप्रतिनिधि र कर्मचारीबीच विवाद भएको छ । जनप्रतिनिधि र कर्मचारीबीच विवाद हुँदा कर्मचारीमाथि हातपात भएको हो । धनुषाको औरही गाउँपालिकाका अध्यक्ष ब्रम्हदेव यादवले प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुरमाथि हातपात गरेका हुन् ।
Advertisement 1
स्थानीय तहमा उपभोक्ता समितिमार्फत भएको कामको भुक्तानी सम्बन्धी विवाद बढेपछि गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको पीडित पक्षको भनाइ छ । अध्यक्ष यादवले बजेट निकासाका लागि गरेको आग्रहलाई प्रमुख प्रशासकीय अधिकृतले बेवास्ता गरेपछि भनाभन भएको बताए । तर आफूले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात नगरेको उनको भनाइ छ । उनले भने, ‘मैले कसैमाथि हातपात गरेको छैन ।’
प्रकाशित :२०७८ बैशाख २७, सोमबार १०:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%