शिक्षक र कर्मचारीलाई कपुरकोटको निर्देशन- ‘१५ दिनभित्र दलको सदस्यता त्याग्नू’

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ ।

Advertisement 1

गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक सूचना जारी गर्दै सामुदायिक तथा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको हो ।

कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न आव्हान गरिएको उल्लेख गरेका छन् ।

Advertisement 2

१५ दिनभित्र सदस्यता त्यागेको स्वघोषणा नगरे राजनीतिक दलको सदस्यता लिएको प्रमाण भेटिए कानुन बमोजिम कारबाही हुने सूचनामा जनाइएको छ ।

प्रकाशित :२०८१ जेष्ठ ३, बिहीबार १३:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry