सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कुटाकुटमा उत्रिए, अध्यक्षको दाँत भाँचियो

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको छ । गाउँ कार्यपालिकाको मंगलबारको बैठकमा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको बैठकमा सहभागी वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्रकुमार यादवले बताए ।

Advertisement 1

दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको बीउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला विवाद भएको थियो । सोही क्रममा अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको वडा नम्वर ३ का अध्यक्ष दीपेन्द्रप्रसाद यादवले जानकारी दिनुभएको छ । ‘म पनि बैठकमा सहभागी थिएँ, समान्य छलफल नै भइरहेको थियो । सोही क्रममा एक्कासि अध्यक्ष र उपाध्यक्षबीच मिनटमै मुकामुकी नै हुन थाल्यो’, उनले भने– ‘अध्यक्षको त दुईवटा दाँत नै भाँचिएको छ ।’

आफू अध्यक्षको सिटभन्दा धेरै टाढा बसे पनि त्यहाँबाट आएर ममाथि गालीगलोज गर्दै हातपात गर्नुका साथै मेरो हात समातेर साडी खोल्ने धम्कीसमेत दिएको उपाध्यक्ष मण्डलले दाबी गरिन् । घटना सम्बन्धमा अध्यक्षसँग बुझ्न खोज्दा फोन उठाएनन् ।

Advertisement 2

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको खबर आएको बताए । ‘घटनापछि उनीहरू आ–आफ्नो घरतिर लागे भन्ने जानकारीमा आएको छ । प्रहरीमै कुनै उजुरी आएको छैन’, काफ्लेले भने ।

प्रकाशित :२०७८ मंसिर २३, बिहीबार ०८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry