काभ्रेको मण्डनदेउपुर नगरपालिकाले शिक्षकहरुलाई भन्यो– पढाइ सुरु गर

काभ्रेपलाञ्चोक। काभ्रेको मण्डनदेउपुर नगरपालिकाले विद्यालयको नियमित गतिविधि र पठनपाठन सुरु गर्न आग्रह गरेको छ ।
वैशाख १० गते एक विज्ञप्ति जारि गर्दै नगरपालिकाले ११ वैशाखदेखि नगरपालिकाभित्रका सबै विद्यालयहरुमा पढाइ सुरु गर्न शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावकहरुको सहमतिमा विधालय सुचारु गर्न आग्रह गरेको छ।

Advertisement 1

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार र स्थानीय सरकारको कर्तव्य, जिम्मेवार जनताको सरकारको हैसियतले हाल उत्पन्न समग्र शिक्षा क्षेत्रको विषयमा उक्त नगरपालिका गम्भीर र जिम्मेवार छ । जुनसुकै अवस्थामा पनि बालबालिकाको पठनपाठन अवरुद्ध हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो,’ विज्ञप्तिमा भनिएको छ।

Advertisement 2

शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका सरकारी स्कुलका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा होमिँदा नयाँ शैक्षिक सत्रको पढाइ र अन्य शैक्षिक गतिविधि ठप्प भएको छ।

साथै नगरपालिकाले शिक्षकहरुको जायज माग तत्काल पुरा गर्न संघीय सरकारसँग आग्रह समेत गरेको छ।

प्रकाशित :२०८२ बैशाख ११, बिहीबार १०:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry