पद नासुः १ अर्ब ५० करोडको सम्पति ! (प्रमाणसहित)

सरकारी जागिरको २९ वर्षकै अवधिमा एकजना नायब सुब्बा (नासु)ले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। मालपोत कार्यालय सिमराका तत्कालीन निमित्त प्रमुख मदनप्रसाद गुप्ताले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा करोडौंको सम्पत्ति जोडेको अख्तियारले जानकारी दिएको छ।

Advertisement 1

उनले कमाएको अकुत सम्पत्ति गुप्ताले आफ्नो श्रीमती रीतादेवी¸ छोराहरु विक्की गुप्ता र रकी गुप्ता, अन्य व्यक्तिहरु कविता कुमारी¸ निरजकुमार गुप्ता¸ राजेशकुमार गुप्ता¸ जुगुली प्रसाद र जगतनारायण यादवको नाममा राखेको तथा विभिन्न ठाउँमा लगानी गरेको पाइएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ। रौतहटको गौरमा घर भएका गुप्ताले २०४७ सालमा मालपोत कार्यालय मुस्ताङबाट खरिदारको पदबाट सरकारी सेवा प्रवेश गरेका थिए। २०६४ सालमा नासुमा बढुवा भई मालपोत कार्यालय वीरगन्ज, पर्सामा उनको सरुवा भएको थियो। पर्सामा सरुवा भएपछि नासु पदमा उनले २०६४ देखि २०७४ सालसम्म काम गरे। सोही समयमा गुप्ताले घरजग्गा खरिदबिक्री गर्ने सेवाग्राहीसँग नियमअनुसार राजस्व लिए पनि थोरै दाखिला गर्ने र बढी आफूसँगै राख्ने गरेको, सार्वजनिक र विवादित जग्गामा ठूलो रकम लिएर आफूखुसी फैसला गराउन लगाउनेलगाएत कार्य गरेर करोडौं भ्रष्टाचार गरेको वीरगन्ज मालपोत कार्यालयका एक पुराना कर्मचारीले बताए। गुप्ता २०४७ असार २७ गते मालपोत कार्यालय मुस्ताङ्गबाट खरिदारको पदमा सेवा प्रवेश गरी २०६४ सालमा नायव सुब्बाको पदमा वढुवा भई मालपोत कार्यालय पर्सा हुँदै मालपोत कार्यालय सिमरामा निमित्त कार्यालय प्रमुखका रुपमा कार्यरत थिए।

उनले सेवा प्रवेश देखि आव २०७५/०७६ सम्मको अवधिलाई जाँच अवधि लिएर अनुसन्धान गर्दा पारिश्रमिक बचत आयरघर जग्गा बिक्री र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा र छोरा रकी गुप्ताको आय र घर बहाल आय समेत गरी ४ करोड ५४ लाख ७२ हजार २ सय ४६ वैध आय आर्जन भए गरेको पाइएको अख्तियारले जनाएको छ।

Advertisement 2

गुप्ताले परिवारका सदस्यहरुका नाममा घर खरिद तथा निर्माणमा ४ करोड ८ लाख ५१ हजार, जग्ग्गा खरिदमा ९० लाख १४ हजार १ सय, बैंक तथा वित्तीय संस्थाहरुबाट लिइएका कर्जा र कर्जा चुक्ता समेतमा ३ करोड २७ लाख ४५ हजार १२ रुपैयाँ, पुँजीगत लगायतका कर शीर्षकमा ९ लाख ७० हजार २ सय ६० रुपैयाँ लगानी तथा खर्च गरेको पाइएको थियो। त्यसैगरी सवारी साधन खरिदमा २७ लाख ६२ हजार ५ सय, पार्वती स्टेसनरी र गायत्री निशान अटो कर्प प्रालि र नेपाल रोडसाइड एसिस्टेन्स समेतका व्यवसायहरुमा ७१ लाख, सापटी दिएको ४३ लाख ५ रुपैयाँ दिइएको पाइएको अख्तियारले जनाएको छ।

अर्बको भ्रष्टाचार, जताततै सम्पति
मालपोतमा काम गर्ने नायब सुब्बासरहको कर्मचारी रहेका गुप्ताले १ अर्ब ५० करोड रुपैयाँ बराबरको सम्पति जोडेको स्रोत बताउँछ ।

Advertisement 3

स्रोतका अनुसार गुप्ताले छोरी र ज्वाईको नाममा करोडौं अकुत सम्पति जोडेको, सुन्धारास्थित ७ तले लण्डन होटलमा लगानी गरेको, आफ्ना मतियार र सहयोगीहरुका नाममा वीरगञ्जका विभिन्न स्थानमा १६ कित्ता जग्गा र पक्की घरहरु रहेको, मातपोत राजस्व अपचलन गरेको करोडौं रुपैयाँ रकम ब्याजमा लगाएको प्रमाण भेटिएको छ ।

गुप्ता दम्पती
नायब सुब्बाको जागिरे गुप्ताले करिब १ करोड २५ लाख रुपैयाँ पर्ने बा ११ च ९६६० नम्बरको गाडी चढ्ने गरेका थिए । भू माफियाहरुको समूह बनाई विभिन्न जग्गा खरिद र किर्ते गरेका निज गुप्ताले जगत नारायण प्रसाद यादवको नाममा विरगञ्ज महानगरपालिका–१६ मा १० करोड रुपैयाँभन्दा बढी मूल्यको १३ कित्ता जग्गा खरिद गरेको देखिएको छ ।

निज जगत नारायणसहित मुकेश प्रसाद नाम गरेका र श्याम तिमल्सिनाले भ्रष्टाचार गरि गुप्ताले आर्जन गरेको अकुत धन बजारमा लगानी गर्ने गरेको प्रमाण समेत भेटिएको छ । मुकेश प्रसादले नै मदनको रकम लगानीका लागि सेटिङ मिलाउने गरेका थिए ।

 

प्रकाशित :२०७८ कार्तिक २५, बिहीबार ११:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम