कर्मचारीको तलब हल्का बढाउने तयारी
आगामी बजेटमा कर्मचारीहरुको तलब केही मात्रामा बढ्ने भएको छ ।महङ्गीको अनुपातमा निजामती कर्मचारी,सेना र प्रहरीको तलब हल्का बढाउन भन्दै हिजो मुख्य सचिवको कार्यकक्षमा बैठक बसेको छ । जेठ १५ गते संसदमा अर्थमन्त्रीले वाचन गर्ने आगामी आर्थिक वर्षको बजेट भाषणमा कर्मचारीको तलब बढाउने भन्दै बैठक डाकिएको हो ।
Advertisement 1
दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा तलब भत्ता पुनरावलोकन समितिको बैठक बसेको हो । दिउँसो ४ बजेदेखि झण्डै आधा घण्टा बसेको बैठकमा तलब बढाउन आवश्यक रहेको निश्कर्ष निकालिएको बुझिएको छ ।
प्रकाशित :२०७९ जेष्ठ ६, शुक्रबार २०:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%