अनमीको आकर्षण :- आठ जना माग्दा २१०४ जनाको आवेदन,लिखित परीक्षामा पास भए यी २७ (नामावलीसहित)

मुलुकमा शिक्षित बेरोजगारको संख्या कुन हदसम्म रहेको छ भन्ने एउटा तथ्य हो यो । प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशले केही महिना अघि स्वास्थ्य सेवा प.हे. न. समूह,चौथो तह अनमी (प्राविधिक) पदका लागि विज्ञापन खुलायो । खुला कोटाबाट ४, महिला १,आदिबासी जनजाती १,मधेसी र दलित एक एक जना गरी कूल आठ जना अनमी मागिएको सो विज्ञापनमा माग गरेभन्दा २६३ गुणा बढीले आवेदन दिए । आयोगले गत मंसिर ४ गते परीक्षामा सम्मेलित २१०४ जनामध्येबाट परीक्षा लिँदा लिखित परीक्षामा २७ जना उत्र्तीण भए । उनीहरुको नामावली आयोगले आज प्रकाशन गरेको छ ।
Advertisement 1
आयोगले उत्तरपुस्तिकामा की उल्लेख नगरेका ११ जनाको उत्तरपुस्तिका रद्ध गरेको जनाएको छ । लिखित परीक्षामा छनौंट भएकाहरुको अन्तर्वार्ता आगामी माघ २ र ३ गते हुने आयोगले जनाएको छ ।
result
प्रकाशित :२०७८ पुष १४, बुधबार १२:५४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%