कर्मचारी समायोजनसम्बन्धी सबै मुद्धाको सुनुवाइ स्थगित

कर्मचारी समायोजनसँग जोडिएको २१ वटा रिट आज इजलाशमै चढेन । ०७५ साल अन्तिममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गर्यो ।
जहाँ केही कर्मचारीलाई अपमानजनक ढंगले संघबाट प्रदेशतिर लखेटियो । तिनैमध्येका केही कर्मचारी रिट बोकेर अदालत पुगेका थिए ।
Advertisement 1
उनीहरुले दायर गरेको रिट सहित नतिजाको पर्खाईमा रहेको अधिकृतहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । ती सबै निवेदनको एकमुष्ट सुनुवाइ हुनुपर्ने भन्दै तीन सदस्यीय पूर्ण इजलासमा पेश गर्न सर्वोच्चले आदेश दिएको भए पनि आजका लागि मुद्दाको पेशी तोकिएकोमा सर्वोच्च प्रशासनले सबै मुद्दाको सुनुवाइ एकसाथ स्थगित गरेको हो ।
प्रकाशित :२०७८ आश्विन १४, बिहीबार १४:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













