कोरोना संक्रमित कर्मचारीलाई राख्न छुट्टै आइसोलेसन निर्माण गर्दै पर्यटन मन्त्रालय
स्वास्थ्यकर्मी,सुरक्षाकर्मीहरुझैं निजामती कर्मचारीहरु पनि कोरोना संक्रमणको उच्च जोखिममा परिरहेका छन् ।
मन्त्री योगेश भट्टराई,मुख्यसचिव शंकरदास बैरागी,सचिव देवेन्द्र कार्कीसहित १ हजारभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित पर्यटन मन्त्रालयभित्रै कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण तीव्र भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्मचारीको लागि छुट्टै आइसोलेसन सेन्टर बनाउने तयारी थालेको छ । यस्का लागि मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति समेत बनेको छ । अहिले पर्यटन मन्त्रालय र मातहतका निकायमा गरी २ सयभन्दा धेरै कर्मचारीहरु कोरोना संक्रमणमा परिसकेका छन् । पर्यटन मन्त्रालयमा मात्र अहिले १५० हाराहारीमा कर्मचारी कार्यरत छन् । तिमध्ये ३५ जना कर्मचारी संक्रमित भइसकेका छन् । यस्तै नागरिक उड्डयन प्राधिकरणमा ३० जना,नेपाल वायूसेवाका ६८ जना संक्रमित भइसकेका छन्।
Advertisement 1
नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, पर्यटन मन्त्रालय र मातहतका निकायमा कोरोना भाइरस संक्रमण हुने कर्मचारीको संख्या उल्लेख्य भएपछि कर्मचारीको मनोबल उच्च राख्न मन्त्रालयले छुट्टै आइसोलेसन सेन्टर बनाउन लागेको हो मन्त्रालयका सचिव यादव कोइरालाले सुनाए ।