२६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्नुअघि ७ दिने स्पष्टिकरण [सूचनासहित]

काठमाडौँ । सरकारले २६ वटा निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको छ।

Advertisement 1

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्नुअघि ती निर्माण कम्पनीलाई सोमबार ७ दिने स्पष्टीकरण सोधेको छ।

विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्नका लागि २६ वटा निर्माण कम्पनीलाई सिफारिस गरेपछि कार्यालयले सुरुमा ३० दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना पठाएको थियो।

Advertisement 2

तर, सो समयमा स्पष्टीकरण प्राप्त नभएकाले पुनः अन्तिम मौका दिइएको कार्यालयको भनाइ छ। ७ दिनको अवधिमा पनि स्पष्टीकरण पेस नगरेमा कालोसूचीमा राखिनेछ।

 

प्रकाशित :२०८० चैत्र १९, सोमबार ०८:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry