चानचुने हो मालपोतको खरिदार पो !

एक जना खरिदारले आफ्नो सरुवा बदर गर्न भए भरका शक्तिकेन्द्र प्रयोग गरेका छन् ।

Advertisement 1

लामो समयदेखि मालपोतमा जरा गाढेर बसेका खरिदारले आफ्नो सरुवा बदर गराउनका लागि मन्त्री,सांसददेखि कर्मचारी युनियनका नेताहरुसम्म प्रयोग गरेको सामान्य प्रशासनका अधिकारीहरुले सुनाएका छन् ।

ती खरिदारका सेटिङ धन्दा विरुद्ध सामान्य प्रशासनदेखि भूमि व्यवस्थासम्म गुनासो बढेपछि, सरुवा प्रक्रिया अघि बढाइएको थियो । खरिदारलाई भूमिबाट गृहतिर खटाइएको भए पनि खरदार सा’बको पावर यति कडा कि थेग्न सकस !

Advertisement 2

सरुवा उल्टाउन काँग्रेसका केही बहालवाला मन्त्री,सांसददेखि कर्मचारी ट्रेड युनियनबाट दबाब दिने सिलसिला चल्यो,अझैं जारी छ । कर्मचारी प्रशासन स्रोतका अनुसार यी खरिदारद्धयको सरुवा बदर गरि पूरानै ठाउँमा फर्काइदिन प¥र्यो भन्दै अहिलेसम्म झण्डै ३ दर्जन उपल्ला तहका अधिकारीहरुले विभिन्न माध्यमबाट दबाब दिइसकेका छन ।
मन्त्रीदेखि कर्मचारी प्रशासनका हाकिमहरुलाई यसरी हैरानी खेलाउने ‘डन’ खरिदारद्धय हुन दीपक कोइराला र दुर्गामान राई । दिपक कोइराला (कर्मचारी संकेत नम्बर १७६४१०) र दुर्गामान राई (कर्मचारी संकेत नम्बर २०२९३०) जस्ले आफ्नो सरुवाको बिषयमा सिंहदरबारस्थित सामान्य,गृह,भूमिसुधारका हाकिमहरुलाई हत्तु खेलाएर सेटिङ मिलाएर पुन पूरानै ठाउँमा फर्कन आशिंक सफलता प्राप्त गरेका छन् । सामान्यका ती अधिकारीका अनुसार कोइरालालाई पूरानै ठाउँ भक्तपुर मालपोतमै पठाइदिनुपर्यो भनेर  शहरी विकास मन्त्री सीता गुरुङ्गदेखि अधिकांश नेता,काँग्रेस निकट कर्मचारी ट्रेड युनियनका उपाध्यक्ष उत्तम कटवाल हातै धोएर लागेका थिए । केही जोर चलेन ।

राईले अख्तियारका प्रमुख आयुक्त प्रेम राईको आफन्त हुँ भन्दै ध्वास दिए अनि कोइराला पनि के कम !  अरुको त नाम बेचेकै थिए सादगी प्रशासकका रुपमा चिनिएका यादव कोइरालाको समेत नाम बेच्न बाँकी राखेनन् ।

Advertisement 3

काँहीबाट केही जोर नचलेपछि ऋृषि धमलासम्म पुगे । धमलाले सामान्य प्रशासन मन्त्री अनितादेवीदेखि भूमि सुधार मन्त्री रञ्जिता श्रेष्ठ चौधरी,कप्रका हाकिमहरुलाई फोन घुमाए ।

तत्काल सरुवा उल्टाउँदा गलत सन्देश जाने भन्दै मन्त्री तथा कप्रका हाकिमहरुले गृह मन्त्रालयबाट भूमि मन्त्रालय मातहतकै निकायमा अहिले पठाउने र केही महिना पछि पूरानै ठाउँमा फर्काइने बचनवद्धता दिए पछि सोही अनुसार पत्र तयार भयो ५ मंसिरमा र गृह अन्तर्गत भएको सरुवा बदर गरी पुन भूमि व्यवस्था मन्त्रालयमै फर्कन सफल भएका छन् ।

अधिकाशं कर्मचारी जिल्लास्थित कार्यालयबाट सिंहदरबार छिर्न पावर र सोर्स– फोर्स लगाउँछन् वा सरुवा हुनकै लागि मोटो रकम खर्चन राजी हुन्छन् तर अपवाद निस्किए खरिदारद्धय । लामो समयदेखि भक्तपुर मालपोतको रजिष्ट्रेसन, मुद्धा शाखामा कार्यरत छन्,करिब पाँच बर्षदेखि । निजामती ऐनले एउटा कर्मचारी बढीमा दुई बर्षसम्म एउटा कार्यालयमा बस्न सक्ने,त्यसपछि सरुवा हुने अनिवार्य व्यवस्था गरेको छ ।खरिदार तहको तहको कर्मचारीको पावर र हैसियत यतिसम्म छ कि उस्ले मर्यादाक्रममा आफूभन्दा धेरै माथि रहेका सहसचिव/उप सचिवले गरेको निर्णयलाई ‘पानीको फोका’ झैं क्षणभरमै उल्टाइदिन सफल रहे । यस्ता जब्बर कर्मचारीलाई न त कुनै ऐन/कानुन आकर्षित हुन्छ । कसैले छुन वा चलाउन सक्छ ।

गत मंसिर ५ को सामान्यका अधिकृत हरिशरण न्यौपानेको हस्ताक्षरित पत्रमा यी दुबै खरिदारद्धयलाई केही महिना पछि पूरानै ठाउँमा खटाउने गरी हाललाई गृहबाट भूमि सुधार मन्त्रालय मातहतकै भूमि आयोगमा राई र समस्याग्रष्त सहकारीको कार्यालय हेर्ने गरी कोइरालालाई खटाइएको भूमि सुधार मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यहीबाट प्रष्ट हुन्छ हाम्रो कर्मचारीतन्त्र ऐन/कानुनले कम र ‘डनतन्त्र’ले बढी चलिरहेको छ । यो बिषयमा व्यग्य गर्दै एक सचिवले टिप्पणी गरे,‘यो मुलुक नै सुख (सुब्बा– खरिदार)ले चलाइरहेका छन् ।’

प्रकाशित :२०८० मंसिर १३, बुधबार १०:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry