माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको निर्माण शुरु
रसुवामा बन्न लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको निर्माण शुरु भएको छ ।
Advertisement 1
आयोजना स्थलमा क्रसर प्लान्ट तथा ब्याचिङ प्लान्टको स्थापना, निर्माण सामग्रीहरुको परीक्षण, पहुँच सडकका लागि त्रिशूली नदीमा बेली ब्रिजको निर्माण, बाँधलगायतका संरचना निर्माणका लागि रुख कटान, सर्च ट्याङतर्फको पहुँच सडक निर्माण लगायतका काम धमाधम भइरहेको छ । निर्माणमा अहिले २ सय श्रमिक आयोजना स्थलमा खटिएका छन् ।
आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसानले ठेक्का पाएको छ । उत्पादित विद्युत आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली—१ हालसम्मकै ठूलो जलविद्युत आयोजना हो ।
Advertisement 2
आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम लगायतको सेयर लगानी रहेको छ । साथै आयोजना प्रभावित स्थानीयको लागि अधिकतम १० प्रतिशतसम्म सेयर लगानी सुनिश्चित गरिएको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
Advertisement 3