अखिल (क्रान्तिकारी)का महासचिवसमेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ
काठमाडौं । सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का महासचिवसमेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई लाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका र सहकारी ठगीमा पनि मुछिएका पुनलाई प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
Advertisement 1
उपप्रधान तथा गृहमन्त्री रबी लामिछानेको सचिवालयका अनुसार प्रहरीले पुनलाई काठमाडौैको धापासीबाट भर्खरै पक्राउ गरेको हो । ब्रेक शुमार्फत भएको ६० केजी सुन तस्करीमा पक्राउ परेका भियना होटलका मालिक दावा छिरिङसँग दीपेशको सम्पर्क देखिएको थियो ।
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका दुवै छोरा मुछिएका छन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेका थिए ।
प्रकाशित :२०८० चैत्र २, शुक्रबार २३:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%