छेडागाड नगरपालिकामा बेरुजु एक अर्ब २३ करोड ५६ लाख नौ हजार

महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ अनुसार जाजरकोटको तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु रु २७ करोड ६८ लाख ३७ हजार देखिएको छ । सबैभन्दा बढी छेडागाड नगरपालिकामा बेरुजु देखिएको हो । छेडागाडले रु एक अर्ब २३ करोड ५६ लाख नौ हजारको लेखापरीक्षण गराएकामा रु आठ करोड एक लाख ७३ हजार अर्थात् ६ दशमलव ४९ प्रतिशत बेरुजु देखिएको हो ।

Advertisement 1

यसैगरी शिवालय गाउँपालिकाले रु ५८ करोड एक लाख ४१ हजारको लेखापरीक्षण गराएकामा रु तीन करोड ४७ लाख नौ हजार अर्थात् पाँच दशमलव ९८ प्रतिशत, जुनीचाँदे गाउँपालिकाले रु ९५ करोड ५२ लाख पाँच हजारको लेखापरीक्षण गराएकामा रु चार करोड ६६ लाख ६१ हजार अर्थात् चार दशमलव ८८ प्रतिशत बेरुजु आएको हो ।

बारेकोट गाउँपालिकाले रु ७६ करोड ६९ लाख ७१ हजारको लेखापरीक्षण गराएकामा रु तीन करोड २९ लाख ८६ हजार, भेरी नगरपालिकाले रु एक अर्ब २२ करोड ५८ लाख १७ हजारको लेखापरीक्षण गराएकामा रु तीन करोड ४८ लाख १३ हजार , नलगाड नगरपालिकाले रु एक अर्ब आठ करोड २४ लाख सात हजारको लेखापरीक्षण गराएकामा रु दुई करोड ७१ लाख ६५ हजार अर्थात् दुई दशमलव ५१ प्रतिशत बेरुजु देखिएको हो ।

प्रकाशित :२०७८ भाद्र १३, आईतवार १०:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry