दवाडी सचिवमा बढुवा,सैनिक विशेष अदालतमा लेखनाथ

नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त रहेको सचिवमा सरिता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्ड कोप सम्मेलनमा जानु अघि आज बिहान बसेको आकस्मिक क्याविनेट बैठकले दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

Advertisement 1

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा हिजो बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिव त्रय सरिता दवाडी, दिनानाथ मिश्र र रामप्रसाद घिमिरेको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरमा सिफारिस दवाडी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तरगतको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक रहेकी छिन् भने दोस्रो नम्बरका मिश्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक र तेस्रो नम्बरमा सिफारिसमा परेका घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतकै खानी तथा भूगर्भ विभागका महानिर्देशक हुन् । यी मध्ये पहिलो नम्बरमा नाम सिफारिस भएका दवाडीलाई क्याविनेटले सचिव बढुवा गरेको हो ।

दिनेशकुमार घिमिरेले अवकाश हुनु महिना दिन अगावै पदबाट राजीनामा उर्जा मन्त्रालय सचिवविहिन बन्न पुगेको छ । हाल जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशक रहेको दवाडीलाई ऊर्जा मन्त्रालयकै जिम्मेवारी दिने सम्भवना रहेको बताइएको छ ।

Advertisement 2

यस्तै आजै बसेको क्याविनेट बैठकले सैनिक विशेष अदालतको अध्यक्षको कामकाजका लागि न्यायाधीश लेखनाथ पौडेललाई तोकेको छ ।पाटन उच्च अदालतमा कार्यरत पौडेललाई सैनिक विशेष अदालतको समेत कामकाजको जिम्मा दिएको हो ।

प्रकाशित :२०८० मंसिर १३, बुधबार १२:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry