प्रधानसेनापतिका लाइनमा रहेका दुई तारे जर्नेलले दिए पदबाटै राजीनामा

Advertisement 1
प्रधानसेनापतिको लाइनमा रहेका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् । नागरिकताको जन्म मिति सच्चाएको बिषयमा छानबिनमा परेका दुई तारे जर्नेल पाण्डेले राजीनामा दिएका छन् ।उपरथी पाण्डेले परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर झण्डै दुई वर्ष उमेर घटाएका थिए । अख्तियारले समेत यो बिषयमा छानबिन गरिरहेको छ ।
सैनिक स्रोतका अनुसार पाण्डेले हिजै पदबाट राजीनामा बुझाएका हुन । विवादका सम्बन्धमा छानविन गर्न दोस्रो वरियताका हाकिम सीताराम खड्काको अध्यक्षतामा कोर्टअफ इनक्वारी गठन हुने भएलगत्तै जंगीअड्डा पुगेर पाण्डेले राजीनामा बुझाएका हुन् ।पदमै रहँदा कोर्ट मार्सल हुनसक्ने चेतावनी दिएपछि उनले स्वेच्छिक अवकाशको बाटो रोजेको सैनिक स्रोतले जनाएको छ । पाण्डे बिदा भएसँगै अब अशोक सिग्देलको चिफ हुने बाटो खुलेको छ ।