उत्तरगया गाउँपालिकाको बेरुजु १ करोड १२ लाख,सरुवा खोजेका प्रशासकीय अधिकृतलाई किन रोके अध्यक्षले ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका कर्मचारीलाई गाँउपालिकाका अध्यक्षले चार महिनादेखि हाजिरै गर्न नदिएको भेटिएको छ ।
आफू अनुकुलका कर्मचारीलाई भने सात महिनादेखि सरुवा हुनै नदिएर सोही पालिकामा रोकिरहेको भेटिएको छ ।
रसुवा जिल्लाका उत्तरगया गाउँपालिकाको अध्यक्ष उपेन्द्र लम्सालले आफू अनुकुलका कर्मचारीलाई सात महिनादेखि सरुवा हुन रोकेर राखेको र मन्त्रालयले खटाएका कर्मचारीलाई हाजिरै हुन नदिएको भेटिएको हो ।
२० महिना अघि सो पालिकामा पुगेका शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतका अर्जुन खड्का त्यहाँबाट सरुवा हुन खोजे ।
सोही अनुसार उनले प्रक्रिया पनि अघि बढाए । र,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ फागुन १६ गते गृहमा पदस्थापन गरिदियो ।
इकर्मचारीले प्राप्त गरेको कागजात अनुसार खड्कालाई ७७ फागुन १३ को निर्णय अनुसार गृह मन्त्रालयमा पदस्थापन गरिएको पत्र पठाइएको छ ।

Advertisement 1


तर उनलाई सोही पालिकाबाट सरुवा हुनै दिएनन् अध्यक्ष लम्सालले ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ महिना अघि पवन कुमार प्याकुरेललाई सोही पालिकाको प्रमुख प्रशाकीय अधिकृतको रुपमा खटायो । मन्त्रालयका शाखा अधिकृत टेकराज आचार्यद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ । स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ८४ को उपदफा (४) बमोजिम यस मन्त्रालयमा अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी कामकाज गर्न खटाइएको व्यहोरा ०७८ वैशाख ९ को निर्णयअनुसार अनुरोध छ । उनी नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत थिए ।


एकातिर मन्त्रालयले खटाएको कर्मचारीलाई हाजिर हुन आउलास भन्दै धम्काउने र अर्काेतिर सरुवा हुन खोजेका कर्मचारीलाई त्यहाँबाट सरुवा हुनै नदिएर कर्मचारीमाथि राजनीति गर्दै आएका छन् लम्सालले ।
यसरी मन्त्रालयले खटाएको प्रशासकीय अधिकृतलाई हाजिरै हुन नदिने र त्यहाँ कार्यरत प्रशासकीय अधिकृतलाई सरुवा रोकिराख्नुको कारण हो उनको अनियमित कर्म भण्डाफोर हुने डर ।
महालेखा परीक्षकको कार्यालयलको हालै सार्वजनिक ५८ औं बार्षिक प्रतिवेदन अनुसार सो पालिकाको अघिल्लो आर्थिक बर्षको बेरुजुमात्र १ करोड १२ लाख ४६ हजार बेरुजु भेटिएको छ । झण्डै २९ करोड बजेट रहेको सो पालिकामा महालेखाले १ करोड १२ लाख ४६ हजार बेरुजु देखाएको छ ।

Advertisement 2

नयाँ कर्मचारी आउँदा अनियमितता गर्न अप्ठ्यारो पर्ने भएका कारण प्याकुरेललाई पालिकामा आउन नदिएको चर्चा  छ ।

यसैबीच समाचार प्रकाशनपश्चात सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन खड्काले आपत्ति प्रकट गरेका छन् । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो सरुवा माघ १६ गते गरेको पत्र तयार भए पनि आफूलाई वैशाखमा मात्र थाहा भएको जनाएका छन् । वैशाखमै उत्तरगया गाउँपालिकाबाट सरुवा भएर जान खोज्दा गाउँपालिकाको अध्यक्ष उपेन्द्र लम्सालले आर्थिक बर्ष भर अर्थात असारमसान्तसम्म पालिकामै रहेर सघाउन आग्रह गरेका कारण आफू सो पालिकामा रहेको तर त्यही बीचमा २८ असारमा नयाँ सरकार बनेपछि सरुवा प्रभावित भएको उनको भनाई छ ।
आफू भाद्र महिनाभित्रैमा उत्तरगया गाउँपालिका छोडेर जान खोजिरहेको र मन्त्रालयले खटाएका शाखा अधिकृतलाई सोही अनुसार जानकारी गराएको उनले जनाए ।
उनले महालेखाको निकालेको सबै बेरुजु रकम भ्रष्टाचारका रुपमा नबुझ्न समेत आग्रह गरेका छन् ।

Advertisement 3

प्रकाशित :२०७८ भाद्र १०, बिहीबार १३:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry