नीति,विधि,पद्धतिलाई प्यारो ठान्नेहरु माधव नेपालसँगै हुनुहुन्छ

पद र प्रतिष्ठाका लागि लडाई चल्छ राजनीतिमा तर कहिलेकाहिँ यही राजनीतिमा अपवाद पात्र पनि भेटिन्छन्,त्यस्तै अपवाद हुन डा पुष्पाकुमारी कर्ण कायस्त । पर्सामा मध्यम वर्गीय परिवारमा जन्मिएर हुर्किएकी कायस्त इमानको राजनीति गर्ने दुर्लभ पात्रमध्यकी एक हुनभन्दा अत्युक्ति नहोला । ३५ सालदेखि वामपन्थी आन्दोलन र राजनीतिमा जोडिएकी उनले यस बीचमा एमाले पार्टीले केन्द्रीय कमिटिमा बस्न आग्रह गर्यो,इन्कार गरिन् । ०६४ र ०७० को चुनावमा उम्मेद्धार बनायो,चुनाव लड्न इन्कार गरिन् । जीवनको ३५ बर्ष प्रध्यापन पेशा अगालेकी उनी ४ बर्ष अघि प्रध्यापनबाट राजीनामा दिएर पूर्णकालिन राजीतिमा हेलिएकी छिन् । इमानको राजनीति गर्दै आएकी उनको पिता अवद नारायण कर्ण ०४१ सालमै इन्दिरा गान्धीकै हत्या भएकै प्राण गयो । जो नेपाल यातायात संस्थान,रोपवे,जनकपुर जयनगर रेलको एकाउन्टेण्ड, उमादेवी कर्ण छोरी । केही समय इन्सेकको महासचिव भएर समेत काम गरेकी उनी अहिले माधव नेपाल समुहमा खुलेकी छिन् । ओलीकाविरुद्ध सर्वाेच्चमा हस्ताक्षर बुझाउने २३ सांसद मध्यकी एक हुन् ।
एमाले विवादलाई कसरी हेर्नुभएको छ ?
निश्चिय पनि पार्टी विभाजन हुनु देश र जनताको हितमा छैन् । तर,ओली प्रधानमन्त्री,दलको नेता,पार्टी अध्यक्षको भूमिकामा रहँदा जनभावना विपरित,पार्टी हित,विधि विधान कुल्चिएर काम गर्नुभयो । व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुभयो । उहाँको गलत कदमको विरोधमा बोल्ने,आवाज उठाउने, पार्टी हितमा,मुलुकको हितमा काम गर्न खोज्ने आफ्नै पार्टीका साथीहरुलाई ठूलो दुश्मन देख्न थाल्नुभयो । नवौं महाअधिवेशनबाट उहाँ अध्यक्षमा त चुनिनभयो त्यस पछि पार्टीको केन्द्रिय कमिटिको गतीशिलता समाप्त हुने स्थितीमा पुग्यो । कतै सल्लाह नगरी उहाँले प्रचण्डसँग पार्टी एकता गर्दा भंयकर ठूलो उपलव्धी भयो,तिनै प्रचण्डसँग माधव नेपाल नजिकिँदा कारवाहीको सिलसिला चल्यो । र आज जुन परिस्थिती पैदा भएको छ,सो दलमा बस्न सक्ने अबस्था नरहेरै यो विग्रहको स्थिती आयो । यो दुखद र बाध्यकारी अबस्था हो । जब नेकपालाई सर्वाेच्चले बिघटन गरिदियो । एमाले माओवादीलाई पूरानै ठाउँमा फर्काइदियो । त्यसपछि माओवादी आफ्नो विधान अनुसार चल्न थाल्यो तर एमालेमा ओलीले केन्द्रिय कमिटिको बैठक त डाक्नुभयो तर आफ्नै गुटको मात्र । फरक मत राख्नेलाई स्पष्टीकरण सोध्ने,कारवाही गर्ने,फेरि फिर्ता लिने अनेकन नाटक चले र यो समस्या उत्पन्न हुनु स्वभाविक थियो । हामीमाथिको कारवाही अहिले सभामुखकोमा पुगेको छ । पार्टीमा रहेर हामीले अनुसानमा कामकारवाही गर्दै आएका थियौं । उहाँबाट अत्याचारै भए पछि दल विभाजनको प्रक्रियामा जानु हाम्रो विवशता हो । हिजोका दिनमा ओलीले चालेको कदमको पक्षमा विरलै कोही भेटिन्छन् । जो संविधान मान्दैन र जस्ले ओलीबाट लाभ पाएका थिए,तीबाहेक उहाँको कदमलाई सही मान्ने अरु छैनन् ।
हिजो माधव नेपालकै कित्तामा रहेका अष्टलक्ष्मी,रघुजी पन्त,भीम आचार्य, गोकर्ण विष्ट लगायतका नेता अहिले ओली क्याम्पमा पुग्नुलाई के भन्नुहुन्छ ?
उहाँहरुको विचारलाई उच्च सम्मान गर्दछु । पार्टी निर्माणमा उहाँहरुको योगदान उच्च छ । पार्टी एक ढिक्का रहोस,पार्टी नफुटोस भन्ने उहाँहरुको चाहनाले सफलता प्राप्त गर्न सकोस, शुभकामना दिन्छु । दश बुँदेलाई टेकेर पार्टी एक गर्न सकिन्छ भन्ने प्रयत्न गरिरहनुभएको छ । उहाँहरुले न कसैलाई समाप्नु भएको छ न कसैलाई छोड्नु भएकै । कंथ प्रयास सफल भएन भने हामीतिरै फर्कनुहुन्छ । अहिलेसम्म केपी प्रवृत्तिविरुद्ध लड्नुभएका साथीहरुले किमार्थ केपी ओलीलाई समर्थन गर्नसक्नुहुन्न ।
प्रदेश दुईमा माधव नेपाल खेमा र ओली खेमाको स्थिती कस्तो छ ?
पार्टी फुटेपछि धेरै साथीहरु अलमलमा हुनुहुन्छ । केही साथीहरु खुल्नुभएको छ । हिजोका दिनमा सिंगो नेकपा हुँदा प्रदेशमा एउटा कमिटि निर्माण भएको थियो त्यो प्रदेश कमिटिमा बहुमत माधव पक्षकै हो । माधव नेपालको पक्षमा लागेका केन्द्रीय समिति,प्रदेश सभा,प्रदेश कमिटिका सदस्यहरुको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान छ । उनीहरु जनताको मुक्तिका लागि शोषण,उत्पीडनका लागि आन्दोलन गरेको इतिहास छ,माक्र्सवाद बुझेका छन्,जेल नेल खाएका जमात माधव नेपालसँग छन् । केपी ओलीका पछि लाग्ने पैसा दिएर प्रमोट भएका पात्रहरु छन् । कम्युनिष्ट आन्दोलनलाई तितर बितर पार्ने,क्षतविक्षत पार्ने जमात,विगतमा कम्युनिष्टविरोधी शैली र आचरण अपनाएकाहरु छन् । विधि,पद्धति,सामाजिक न्याय,मुल्य मान्यता,लोकतन्त्रका पक्षपातीहरु माधव नेपालसँगै छन् । अहिले केही साथीहरु तटस्थ देखिनुभएको छ । महिनादिन भित्रैमा उहाँहरु पनि खुल्नुहुन्छ ।
तपाई मधेशबाट उठ्नुभएको,वौद्धिक महिला,समानुपातिक सांसद । समानुपातिकबाटै सांसद बनेकाहरु पदका लागि हारालुछ गरेका सयौं उदाहरण हाम्रै अगाडि छन् तर तपाई पद पाउँदा पनि त्याग गर्नुभयो किन ?
म ३५ सालदेखि विद्यार्थी राजनीतिमा लागे । राजनीतिक आन्दोलनको बिउ नै विद्यार्थी आन्दोलनले रोपेको हो । मधेशको छोरी चेली,पठाउनु हुँदैन भन्ने मान्यता थियो तर मैले घर परिवारको साथ सहयोग पाए । ३६ सालपछि पार्टीमा संगठित भए । म पार्टीमा लाग्नुको उदेश्य फाइदा स्वार्थपूर्ति गर्नका लागि लागेको हैन्,विचारको हिसाबले लागेको हो । मनमा कहिल्यै पार्टीको फलानो कमिटिमा बस्दा फाइदा हुन्छ भन्ने लागेन । पार्टीको केन्द्रिय कमिटिमा बस्न प्रस्ताव आयो । म त्रिविविमा अध्यापन गराइरहेको थिँए । म जहाँ भए पनि पार्टीका लागि काम गर्छु,पद चाहिँदैन भन्दै गए । धेरै पटक मेरो नाम आउँदा साथीहरुले छोडिदिनुभएको छ,सबैले फिर्ता लिनुभएको छ आफ्नो नाम । संविधानसभाको पहिलो र दोश्रो निर्वाचन ताकासम्म यो सिलसिला चल्यो । पटक पटक साथीहरुले मेरा लागि गर्नुभएको वा देखाउनुभएको त्यागका कारण साथीहरुको चित्त दुखाउनु हुँदैन भन्ने मनमा लाग्यो । प्रध्यापन गर्न थालेको ३४ बर्ष व्यतित भइसकेको थियो । टियुको प्रोफेसर भएको ७ बर्ष पूरा भइसकेको थियो । साथीहरुको त्याग र मप्रति देखाउनुभएको सम्मानका कारण ४ बर्ष अघि टियुबाट राजीनामा दिएर पूर्णकालिन राजनीतिमा होमिएको हुँ ।
तर माधव नेपालका साथ छाड्नेहरु बढ्दैछन् । कुनै समय प्रतिनिधि सभामा ४५ सांसद थिए उहाँका साथमा अहिले २३ जनामा सीमित छ,किन घट्दैछ ?
जो साथीले पदको लोभ गर्नुभएन्,नीति,विधि,पद्धति नै प्यारो मान्नुभयो उहाँहरु हामीसँगै हुनुहुन्छ । आज नेपालको हालत किन यो अबस्थामा छ कारण अवसरवादी हावी हुनु । अझैं वाम आन्दोलन क्षत विक्षत हुनुको प्रधान कारण हो अवसरवाद । केही व्यक्तिले अवसरलाई अवसरवादतिर लगेर राजनीति समाप्त पार्नुभयो,राजनीतिक आन्दोलन,वाम आन्दोलन समाप्त पार्ने दिशातिर लैजानुभयो । अवसरवाद वाम आन्दोलन,पार्टी र सांसदका लागि राम्रो हुँदैन । जस्तो ०१७ सालमा राजा महेन्द्रले कु गर्दा उनको समर्थनमा जाने कांग्रेसको हालत पछि के भयो ? पछि केन्द्रिय कमिटिमा बहुमतसमेत पुर्याउन नसकेको इतिहास हामीसँग साक्षी छ । टाउको गनेकै आधारमा धेरैलाई लाग्नसक्छ माधव नेपाल कमजोर हुनुभयो, होइन् । अहिले पनि वार्ता कमिटिमा रहेका,स्थायी कमिटिका भएका साथीहरु पार्टी एक ढिक्का पार्न सकिन्छ कि ? भनेर मध्यमार्गमा लागिरहनुभएको छ । मध्यमार्गका लागेका साथीहरुको इतिहास हेर्ने हो भने,उहाँहरु जीवनभर विचार,पद्धतिका लागि लड्नुभएका साथीहरु हुनुहुन्छ । कुनै पनि हालतमा उहाँहरु केपी ओलीसँग एकाकार हुन सक्नुहुन्न । कंथ पार्टी एकाकार नहुने हो भने उहाँहरु फर्केर आउने हामीतिरै हो । अबको महिनादिनभित्रैमा धेरै चिज क्लियर हुन्छ ।
Advertisement 1
समानुपातिकको पद तुरुन्तै जाने खतरा हुँदाहुँदै माधव नेपाललाई किन साथ दिनुभएको ?
चिन्ता एक थान सांसद पदको होइन् । देश र जनताको हितमा काम हुन्छ कि हुँदैन ? भन्ने मुल प्रश्न हो । एक थान सांसद पदको के को लोभ,के को चिन्ता ? हाम्रो सांसद पद ५ पुसपछि गएको होइन् र ? हामी संसद,संविधानको रक्षा,सामाजिक न्याय,नीति,विधि,पद्धति,राजनीतिक इमान्दारिताका लागि लडिरहेको छौं । राजनीतिक वाम आन्दोलनको लागि लडिरहेको छौं । यो बीचमा धेरै अवसरहरु छोडियो । अवसरकै पछि दौडिएको भए सायद म पनि अहिले झण्डावाला गाडीमा हुँयकिरहेको हुन्थें होला । जीवनमा मैले पदलाई उति महत्व कहिले दिँइन् । माधव नेपाल निरन्तर विचार,व्यक्तित्व,नियम विधि पद्धतिका लागि लडिरहनुभएको व्यक्ति । एउटा सचेत नागरिक हुनुको हैसियतले पनि उहाँलाई साथ दिनु आफ्नो कर्तव्य मानें ।
झण्डै एक बर्षदेखि उपसभामुख पद रिक्त छ । उपसभामुखमा सरला यादव र तपाईको चर्चा सुनिन्छ । उपसभामुख बन्ने प्रस्ताव आएमा स्विर्कानुहुन्छ ?
गरिमामय सदनले पूर्णता पाउनुपर्दछ । पात्र को आउँछ,को जान्छ त्यो महत्वपूर्ण बिषय होइन् । पार्टीले वा गठबन्धनले जस्लाई योग्य ठान्छ उसैलाई पठाउँला । जो योग्य हुनुहुन्छ,उहाँले जिम्मेवारी पाउनुहोला ।
जीवनको साढे तीन दशक प्रध्यापनमा बिताउनुभयो, कालान्तारमा के देखेर राजनीतिमा होमिनुभयो ?
३५ सालदेखि प्रध्यापन पेशामा लागेको, ३५ सालतिरै शिक्षक आन्दोलन शुरु भयो । क्याम्पसहरु बन्द भए त्यही समयमा शिक्षक सेवा भीडेर निमावीबाट प्रध्यापन शुरु भयो । पाँच बर्ष पछि सुर्खेत क्याम्पस,४१ सालमा,भक्तपुर बहुमुखी क्याम्पसमा पढाए पछि ४५ सालमा महेन्द्ररत्न क्याम्पसमा अध्यापन गराउँथें । त्यहाँ झण्डै २५ बर्ष बिताए । प्रोफेसर भएको सात बर्ष पछि राजीनामा दिए,पूर्णकालिन राजनीतिमा लागेको चार बर्ष बित्यो । पढेलेखाहरु भन्छन्,राजनीति घृणाको बिषय भयो,यस्मा धेरै विकृती बिसंगती छन् । पढे लेखेकाले राजनीतिमा केही गर्न सकिन्छ,यो फोहोरलाई सफा गर्न सकिन्छ कि भनेर म राजनीतिमा लागेको । विदेशतिर राजनीतिमा लाग्न निश्चित योग्यता चाहिन्छ,हामी कहाँ त्यस्तो सिष्टम छैन् । पार्टीमै लाग्नुभएको जीवन जवानी समर्पण गर्नुभएका नेताहरु प््रति सम्मान छ तर पढेलेखा, विद्धान मान्छे आएको खण्डमा यो क्षेत्र सुधार्न सकिन्छ ।
अवसरका लागि दल,गुट बदल्नेहरुको भीड छ हामीकहाँ,तपाई पाएका अवसर पनि इन्कार गर्नुहुन्छ । यस्तो इमानले पनि राजनीति टिक्न सकिन्छ ?
अवसरले मुलुकलाई बचाउँछ ,अबसरवादले मुलुकलाई डुबाउँछ । अहिले अवसरवादहरुको भीड छ हामीकहाँ । राजनीति कस्को लागि गर्न खोजेको ? पद वा कुर्सीका लागि कि जनताका लागि ? मनमा धैयर्ता चाहिन्छ, क्लेशमात्र पनि मनमा लोभ,पाप लुकेको छैन् भने शीर ठाडो पारेर हिड्न सकिन्छ । हामी आफ्नो कमजोरी लुकाउनका लागि कुनै अर्मूत शक्ति वा व्यक्तिलाई दोष दिएर पन्छदै आएका छौं । सधैव अमूर्त शक्ति वा व्यक्तिलाई देखाएर आफू पन्छने कुरा पत्यारिलो हुँदैन् । जनताले पद लोलुप नेता खोजेका छैनन् । जनताको चाह छ नेतामा देशप्रेम होस,सदाचारी र सुशासन दिओस, पार्टीलाई सही तरिकाले अघि बढाओस ।