माधव नेपालद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?

पुनर्स्थापित एमाले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले हिजो इतर पक्षका नेताहरुको पद र जिम्मेवारी खोसेपछि अर्को खेमाले पार्टीभित्रै रहेर कामको संयोजन नयाँ ढंगले गर्न लागेको छ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटिको बैठकले समानान्तर कमिटि विस्तार गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै नेपाल–खनाल निकट नेताहरुको जिम्मेवारी खोसेपछि आज बसेको केन्द्रीय कमिटीले समानान्तर संरचना बनाएको हो। जसअनुसार प्रदेश १ को इञ्चार्जको जिम्मेवारी भीम आचार्य, २ नम्बर प्रदेशको इञ्चार्ज घनश्याम भुसाल, बाग्मती प्रदेशको इञ्चार्जमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश इञ्चार्ज सुरेन्द्र पाण्डे तोकिएका छन् भने लुम्बिनी र कर्णाली प्रदेशको इञ्चार्ज युवराज ज्ञवालीलाई दिइएको छ भने सूदुरपश्चिम इञ्चार्ज तोकिएका छन् भीम रावल । यस्तै युवा इञ्चार्ज रघु पन्त, विद्यार्थी फाँट गोकर्ण बिष्ट, प्रचार बिभाग प्रमुख योगेश भट्टराई तोकिएका छन् भने महिला फाँट अष्टलक्ष्मी शाक्य, बुद्धिजीवी प्रमेश हमाल तोकिएका छन् । भेलालाई अबको कानुनी लडाइँबारे अधिवक्ता गोविन्द बन्दी र टिकाराम भट्टराईले जानकारी दिंदै हुनुहुन्छ भने स्थायी कमिटीका बहुमत सदस्यको वक्तब्य आउँदै छ ।