प्रधानमन्त्रीको सचिवालयबाट एकै पटक १३ जनालाई बिदाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयबाट १३ जनालाई बिदाइ गरिएको छ । माघ १ गतेदेखि लागू हुनेगरी १३ जनालाई बिदाइ गरेको हो । प्रधानमन्त्रीको सचिवालयबाट हटाइएकामा ५ जना उपसचिव, एक जना शाखा अधिकृत, तीन जना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक, एक जना कार्यालय सहायक र २ जना हलुका सवारी चालक रहेका छन् ।
Advertisement 1
बिदाइ गरिएकामा एक स्वकीय सहसचिव नारायण प्रसाद ढुंगनासहित चार जना स्वकीय उपसचिवहरु रमेशप्रसाद गुरागाई,ओमकुमारी पौड्याल,सावित्री कुमारी अधिकारी र कुल बहादुर नाथ रहेका छन् ।
यस्तै एक स्वकीय शाखा अधिकृत लाले कुमार र दुई प्रशासन सहायक युवराज शाह र रामलाल पराजुली रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैगरी दुई कम्प्युटर सहायक वाशुदेव शर्मा र खड्ग योगीलाई पनि बिदाइ गरिएको प्रम कार्यालयले जनाएको छ । यस्तै कार्यालयले कार्यालय सहायक अविनाश वाइवा र दुई सवारी चालक रमेश घिमिरे र पवित्र बहादुर शाहीलाई बिदाइ गरिएको हो । उनीहरु विभिन्न मितिमा प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयमा नियुक्त भएका थिए
Advertisement 2