दुर्घटनापछि मेयरको गाडी…
ट्याक्टरको ठक्करबाट बुधवार ताप्लेजुङको फुङलिङ नगरपालिकाको प्रमुख छत्रपति प्याकुरेलले प्रयोग गर्ने सवारीमा क्षति ।मानवीय क्षति भने नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रस्ट बोल्ने स्वभावका नगरप्रमुख छत्रपति प्याकुरेल नेतृत्वको नगर कार्यपालिकाको पहिलो बैठकले पाँच वर्षको अवधिमा सदरमुकामसँग सबै वडा सडक सञ्जालले जोड्ने र कालोपत्रे गर्ने महत्वाकाङ्क्षी निर्णय कार्यान्वयनको चरणमा छ । सबै वडास्थित भएका कच्ची सडक स्तरोन्नति गरेर बाह्रै महिना सवारी चल्ने गरी बनेको छ । सदरमुकामस्थित पराजुली चोक–बिहीबारे–चण्डेश्वरधाम सिद्धिडाँडासम्मको सडक स्तरोन्नति तथा कालोपत्रेका लागि ठेक्का आह्वानको तयारीमा छ ।
प्रकाशित :२०७८ भाद्र २, बुधबार १९:२७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%