स्थानीय तहका कर्मचारीहरुको सरुवा अब स्थगित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको सरुवा स्थगित गरेको छ । यस अघि दुई चरणमा गरी १८४५ कर्मचारीहरुलाई कामकाजका लागि अन्तर स्थानीय तहमा सरुवा गरेको मन्त्रालयले औपचारिक रुपमै स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको जनाएको छ ।
Advertisement 1
मन्त्रालयले अस्ति ६ पुसको निर्णय अनुसार २३२ कर्मचारीहरुको अन्तर स्थानीय तह सरुवा गरेको थियो । दुई साता अघिमात्र मन्त्रालयले मंसिर १९ र २० को निर्णय अनुसार १६ सय १३ कर्मचारीलाई अन्तर स्थानीय तहमा कामकाजका लागि खटाएको थियो । दुई साताको बीचमा १८४५ कर्मचारीहरुको अन्त्र स्थानीय तह सरुवा टुंग्याएसँगै मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि सरुवाको कामकाज स्थगित गरेको हो ।
प्रकाशित :२०७८ पुष ८, बिहीबार ०६:१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%