अनुदानको किस्ता पास गरिदिन भन्दै सबइन्जिनियरले भूकम्पपीडितबाट लिए घूस

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत् एक सबइन्जिनियरले अनुदानको किस्ता उपलब्ध गराइदिने भन्दै भूकम्पपीडितबाट घूस लिएका छन् ।

Advertisement 1

सबइन्जिनियर राजन पासवानले भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणका लागि तेस्रो किस्ता भुक्तानी पास गरिदिने भन्दै भूकम्पपीडितबाट ३० हजार रुपैयाँ घुस लिएका हुन् । पासवानले सेवाग्राहीसँगै घूस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आज आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भूकम्प पुनर्निर्माणको लागि सेवाग्राहीले नियमानुसार पाउने तेस्रो किस्ताको रकमको सिफारिस रोकी दिने भनी उनले ३० हजार रुपैयाँ घुस मागेका थिए । सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने उजुरी परेपछि आयोगसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाबाट खटेको टोलीले पासवानलाई ३० हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

Advertisement 2

 

प्रकाशित :२०७८ भाद्र २, बुधबार १७:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry