यातायात व्यवस्था विभागमा घिमिरे, सूचना विभागमा हमाल

यातायात व्यवस्था विभागको महानिर्देशकमा सहसचिव नमराज घिमिरे नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनलाई सो जिम्मेवारी दिएको हो । घिमिरे यसअघि हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । घिमिरे १० महिनाअघि मात्र सहसचिवमा बढुवा भएका थिए ।
यस्तै सूचना विभागका महानिर्देशकमा गोगन बहादुर हमाललाई पठाइएको छ । हमाल यस अघि यातायात व्यवस्था विभागका महानिर्देशकका रुपमा कार्यरत थिए । केही अघि सहसचिवहरुको सरुवा हुँदा उनलाई विभागबाट सञ्चार मन्त्रालयमा पठाइएको छ ।

Advertisement 1

 

प्रकाशित :२०७७ चैत्र ४, बुधबार १५:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry