अब समायोजन भएका कर्मचारीको कार्यसम्पादन मुल्यांकन हुने

सरकारले समायोजन भएका कर्मचारीको कार्य सम्पादन मुल्यांकन गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार एक परिपत्र गर्दै कर्मचारीहरुलाई आफ्नो कार्यसम्पादन मुल्यांकन भरेर बुझाउन भनेको हो । मन्त्रालयद्धारा जारी परिपत्रमा सातै वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,प्रदेशका मन्त्रालय,आयोग,सचिवालय,निर्देशनालय र ७५३ स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई आर्थिक बर्ष ७७ ७८ को कार्यसम्पादन मुल्यांकन गर्न परिपत्र गरेको हो ।
कार्यसम्पादन मुल्यांकन गर्दा सम्झौतामा उल्लेखित लक्ष्य,त्यसमा हासिल भएको प्रगति,कार्यालयको समग्र कार्यसम्पादन र प्रगतिलाई आधार मानिने जनाइएको छ ।
यस्तै कार्यसम्पादन सम्झौता नगरिएका कर्मचारीको हकमा उसको आर्थिक बर्ष ७५ ७६ को निर्धारित लक्ष्य र त्यसको प्रगतिलाई आधार मानिने जनाइएको छ ।

Advertisement 1

जसका लागि प्रदेश, स्थानीय तह, कार्यलय सबैलाई कायोन्वयन लागि निर्देशन दिएको छ। यस्तै समायोजन भएका,स्वास्थ्य सेवा,संगठित संस्थामा कार्यरत कर्मचारीहरुको समेत कार्यसम्पादन मुल्यांकन हुने भएको छ । स्वास्थ्य सेवाको हकमा नेपाल स्वास्थ्य सेवा ऐनमा २०५३ र व्यवस्थापिका संसद सचिवालय सम्बन्धी ऐन , २०६४ बमोजिम गठन भएका सरकारी सेवाका कर्मचारी प्रदेश तथा स्थानीय सरकारमा कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भएका कर्मचारीहरूका कार्य सम्पादन मूल्यांकन फाराम ढाँचा र मूल्यांकन विधि साविक कै सेवा , शर्त र सुविधाहरू कानुनी व्यवस्था बमोजिम नै हुने भएको छ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बसन्त अधिकारीका अनुसार संघीय निजामती सेवा ऐन अनुसार समायोजन भएका कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकन यस अघि पनि हुँदै आएको भए पनि केही जटिलता थियो र त्यसमा केही प्रश्नहरु उठ्दै आएको थियो । अहिले त्यसलाई हल गर्न खोजिएको हो । अबको कार्यसम्पादन मुल्याकंन कुन तहको कर्मचारीको कस्ले गर्ने ? खुलाइएको छ । यस अघि अधिकांश स्थानीय तहमा एउटै तहको कर्मचारी हुँदा तिनको कार्यसम्पादन मुल्यांकनमा जटिलता थियो । जस्तो निमित्त प्रशासकीय रहेको स्थानीय तहमा यस्ता समस्या धेरै थिए ।

Advertisement 2

कार्यसम्पादन मुंल्याकन एक तहमाथिका कर्मचारीबाट गर्नुपर्ने भए पनि कतिपय स्थानीय तहमा अधिकृतस्तर सातौंका निमित्त हाकिम हुने र तिनले सोही तहका कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकन गर्दा अप्ठयारो रहँदै आएको थियो । यसलाई हटाउने प्रयास भएको सहसचिव अधिकारीको भनाई छ ।

कर्मचारीहरुले कार्यसम्पादन मुल्यांकनमा आधारमा ४० अंक पाउनेछन्,बाँकी ६० अंक भौगोलिक विकटता,शैक्षिक योग्यताका आधारमा पाउनेछन् । यी दुबै आधारमा अंक बढुवा गरिँदा अंक जोडिन्छ ।

Advertisement 3

कार्यसम्पादन मुल्यांकन सम्बन्धी परिपत्र

प्रकाशित :२०७८ भाद्र २, बुधबार १४:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry