सहुलियत चामलको २० प्रतिशत रकम कर्मचारीको खल्तीमा !

हुम्लाको सिमकोट गाउँपालिकामा लकडाउन समयमा सहुलियत दरको चामलको २० प्रतिशत रकम कर्मचारीले खल्तीमा हालेको आरोप लागेको छ ।

Advertisement 1

कोभिडका–१९ का कारण निषेधाज्ञा जारी रहेको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनको चामल, पिठो, दाल, नुन, चिनी, खाना पकाउने ग्याँस लगायतमा २० प्रतिशत छुट दिने निर्णय गरिएको भए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखा कर्मचारीले २० प्रतिशत छुट नगरी सर्वसाधारणलाई पूर्ण मूल्यमा नै चामल बिक्री गरेको आरोप लागेको हो ।

कर्मचारीले चामल बेच्दा २० प्रतिशत छुटमा बिक्री गरेको दावी गरे पनि स्थानीयले छुट दिएकोबारे थाहा नभएको र पुरानै मूल्यमा खरिद गरेको जनाएका छन् । खाद्य कम्पनीले ३० किलो बोराको अरुवा मोटा चामल १७ सय ४० रुपैयाँमा बेच्ने गरेको छ । त्यसमा २० प्रतिशत छुट दिँदा प्रति बोरा १३ सय ९२ रुपैयाँमा बिक्री गर्नुपर्ने हुन्छ तर खाद्य कम्पनीका कर्मचारीले पूरै मूल्यमा बेचेको स्थानीयले बताएका छन् ।

Advertisement 2

यसरी बेच्दा प्रतिबोरा तीन सय ४८ रुपैयाँ अनियमितता भएको देखिन्छ । प्रतिबोरा तीन सय ४८ रुपैयाँले झन्डै १० लाख रुपैयाँ अनियमितता भएको देखिन्छ ।

स्थानीयले निषेधाज्ञाको समय असार महिनामा प्रतिबोरा १७ सय ४० रुपैयाँ नै तिरेर चामल खरिद गरेको बताएका छन् । तर, कर्मचारीले भने असारमा नौ सय १७ क्विन्टल चामल तीन हजार ५८ घरपरिवारलाई २० प्रतिशत छुटमा बिक्री वितरण गरेको बताएका छन् ।

Advertisement 3

छुटको चामल बिक्रीमा भएको अनियमितता छानबिन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले छानबिन टोली आइतबार जिल्ला आउने जानकारी दिए । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी अनियमितताबारे छानबिन गर्न गठन गरेको टोली आइतबार हुम्ला आउँदै छ,’ आचार्यले भने । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड छानबिन गर्छ त्यसपछि जिल्लाले छानबिन गर्नुपर्ने छँदै छ खाद्य समितिले पनि बैठक बसालेर पूर्ण छानबिन गर्ने प्रमुख जिल्ला अधिकारी आर्चायको भनाइ छ । शुक्रबार लकडाउनको अवधिमा हुम्ली जनतालाई चामलमा अनियमितता गर्ने कर्मचारीलाई कारबाही गर्ने वाइसिएल र अनेस्ववियु क्रान्तिकारीले प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षण गरेका थिए ।

हुम्ला (ख) का प्रदेश सांसद एवं कांग्रेस नेता सदस्य जीवनबहादुर शाहीले सत्यतथ्य के हो बाहिर आउन आवश्यक रहेको बताए । जनतालाई छुट दिएको देखाएर कर्मचारीले आफ्नो गोजीमा पैसा राख्न नपाइने उनले बताए ।

प्रकाशित :२०७८ श्रावण ३१, आईतवार ०७:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry