शाखा अधिकृतसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर
अख्तियार दुरुपयोग अनुसन्धान अयोगले अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मद्धा दायर गरेको छ । अख्तियारले सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नम्बर २ का वडा अध्यक्षसहित ३ जनाविरुद्ध आज विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।
Advertisement 1
अख्तियारले उनीहरुविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा विशेषमा मुद्धा दायर गरेको जनाएको छ ।
वडा नम्बर २ को वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिद गर्दा तत्कालीन वडा अध्यक्ष रमेश कुमार बस्नेतले निःशुल्क दानपत्रमार्फत प्राप्त भएको जग्गालाई छ लाख रुपैयाँमा खरिद गरेको भनी देखाई भुक्तानीको लागि गाउँपालिकामा पेश गरेको र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीले उक्त दानपत्रबाट जग्गा रजिस्ट्रेसन पास भएको कागजात देखिँदासमेत जग्गा खरिद गरेको भनी झुट्टा ब्यहोरा उल्लेख गरी भुक्तानी नै दिन नमिल्ने सो रकम रकम भुक्तानी दिएको जनाइको छ ।
Advertisement 2
तीन जनाविरुद्ध छ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय गरी उल्लिखित बिगोसमेत असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको अख्तियारको विज्ञप्तीमा उल्लेख गरिएको छ ।