अर्थको ७० बुँदे मार्गदर्शन :- नयाँ सवारी खरिददेखि रिर्सोटमा गोष्टी गर्न बन्देजसम्म
अर्थ मन्त्रालयले चार पाग्रें सवारी साधन खरिद गर्नेदेखि तारे होटल र रिर्सोटमा गोष्टी र सेमिनार गर्ने क्रियाकलापमा बन्देज लगाएको छ ।मन्त्रालयले सत्तरी बुँदे मापदण्ड तयार पारेर यस्ता गतिविधिमा बन्देज लगाउन भनेको हो ।
अर्थले चालु आर्थिक वर्ष २०७९/ ८० को विनियोजित बजेट कार्यान्वयनका लागि जारी गरेको ७० बुँदे मार्गदर्शनमा प्रदेश र स्थानीय तहले सर्शत अनुदान वापत हस्तान्तरण भएका योजना तथा कार्यक्रमको भौतिक तथा खर्चको प्रगति मंसिर,चैत्र र असारको १५ गतेभित्र पेश गर्न भनिएको छ । यस्तै,अस्थायी दरबन्दी ०७९ साउन महिनाभित्रै
Advertisement 1
स्वीकृत गराइसक्नुपर्ने,ठेक्का शुरु भएको १५ दिनभित्रै कार्य शुरु गर्ने गरी कार्यदेश दिने व्यवस्था मिलाउन भनिएको छ ।
सेवा करारमा राख्न सकिने पदको स्थायी दरबन्दी रिक्त भएको अबस्थामा मन्त्रालय अन्तरगत फाजिलमा रहेका कर्मचारीबाट पदपूर्ति गर्ने र सो नभए संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखि पठाउन भनिएको छ । फाजिलमा राखिएका र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पदपूर्ति हुन नसकेको खण्डमा मात्र करारमा भर्ना लिन सकिने तर त्यसका लागि अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।
Advertisement 2
पानी,बिजुली,सञ्चार महशुल,घरभाडा लगायतका प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपाउन,सरकारी निकायका तालिम गोष्ठी,सेमिनार गर्नु परेमा सरकारी सभा हल नै प्रयोग गर्ने,आवश्यक बाहेकका फर्निचर, प्रिन्टर,कम्युटर ल्यापटप खरिद नगर्ने मापदण्डमा भनिएको छ ।
यस्तै सरकारी कार्यालयका लागि ४ पाग्रें सवारी साधन खरिद नगर्ने,परामर्शदाता नियुक्ति गरी कार्यसम्पादन गराउने कार्य निरुत्साहित गर्ने बुँदा पनि मापदण्डमा घुसाइएको छ ।
1658057829_Budget_Implementation_Guideline_Line_Ministries (1)