स्वास्थ्य बीमामा तीन महिला सदस्य नियुक्त,बोर्डले बल्ल पायो पूर्णता


स्वास्थ्य बीमा बोर्ड सदस्यमा तीन जना महिला मनोनित भएका छन् । स्वस्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बोर्डको रिक्त सदस्य पदमा तीन जना महिला मनोनित गरेका हुन् ।मन्त्री भानुभक्त ढकालले आज आज मन्त्रीस्तरीय निर्णय गर्दै तीन जनालाई सदस्य पदमा मनोनित गरेका हुन् । यसरी मनोनित भएकाहरुमा डा तारा शाह सप्तरी, इन्द्रकला राई सुनसरी र टीका चापागाईँ मोरङ रहेका छन् । उनीहरुको पदावधी चार बर्षको हुनेछ । यो सँगै बोर्डले पूर्णता पाएको छ ।

Advertisement 1

यसअघि मन्त्री ढकालले बोर्डको सदस्य पदमा डा सुरेश तिवारी र चन्द्र थापालाई मनोनित गरेका थिए ।चन्द्र थापाको नियुक्ति त्यतिबेला विवादमा समेत परेको थियो । उनी प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाका भाइ हुन् । अध्यक्ष पदमा भने पूर्व सचिव डा सेनेन्द्रराज उप्रेतीलाई नियुक्ति गरिएको थियो ।

प्रकाशित :२०७७ कार्तिक १६, आईतवार १६:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry