५ वर्षमा ३ किलोमिटर सडक कालोपत्र
सुन्दा अचम्म लाग्न सक्छ ५ बर्षमा पनि ५ किलोमिटर क्षेत्र कालोपत्रे पुरा नभएको भन्दा । कुरा हो सल्लीबजार–चौरजहारी सडक खण्डको जहाँ ५ किलोमिटर क्षेत्र कालोपत्र पूरा हुन सकेको छैन । अहिलेसम्म मुस्किलले ३ किमि सडक मात्र कालोपत्र हुन सकेको सडक डिभिजन कार्यालयले जनाएको छ । कालोपत्र पूरा नहुँदा बर्सेनि सडक वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने गरेको छ । जसका कारण यात्रुहरू सास्ती भोग्न बाध्य छन् ।
Advertisement 1
सल्लीबजारदेखि नाथेखोलासम्मको ५ किमि सडकमा कालोपत्र गर्ने काम २०७२ चैतमा सुरु भएको हो । निर्माणको जिम्मा लिएको थेविङरगाल्भा जेभीको लापरबाहीले सडक कालोपत्र नभएको हो । उक्त कम्पनीले अहिले कामको जिम्मा पेटी ठेकेदार प्रमोद श्रेष्ठको विशाल निर्माण सेवालाई दिएको छ ।
कार्यालयका अनुसार सुरुमा कम्पनीका सञ्चालक नरहरि थपलियाले कालोपत्रको काम एक वर्षभित्रै सक्ने दाबी गरेका थिए । पेटी ठेकेदार श्रेष्ठ लामो समयदेखि सम्पर्कविहीन भएको स्थानीय देवहादुर बस्नेतले बताए । ठेकेदारको ढिलासुस्तीले यात्रा असहज र असुरक्षित बन्दै गएको उनको भनाइ छ । ‘यसरी नै ढिलाइ भइरहे १० वर्षमा पनि सडकको स्तरोन्नति हुँदैन,’ उनले भने ।
Advertisement 2