प्रभुरामलाई सेनापति नियुक्त गर्न सरकारको सिफारिस

आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारले प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापति नियुक्तिका लागि नाम सिफारिस गरेको छ ।
बैठकले रथी प्रभुराम शर्मालाई महारथीमा बढुवा गर्दै प्रधानसेनापतिमा नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।शर्मा अहिले कायममुकायम प्रधानसेनापति छन् । महारथी दर्जामा पदोन्नति गरेर शर्मालाई प्रधानसेनापति नियुक्त गर्न सिफारिस गरिएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २५ गते अवकाश पाएपछि शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।

Advertisement 1

 

प्रकाशित :२०७८ भाद्र ३, बिहीबार १८:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry