कोशी प्रदेशमा आज सार्वजनिक बिदा

कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

Advertisement 1

विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने निर्णय गरेको हो ।अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर बिदा दिएको प्रदेश सरकारले जनाएको छ ।

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा जोड दिएर यस वर्षको दिवस मनाउन लागिएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।

Advertisement 2

दिवसका अवसरमा जनजाति आयोगले बानेश्वरमा र आदिवासी जनजाति महासङ्घले नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रमको आयोजना गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले पनि कार्यक्रम गर्दैछ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि सारेको थियो ।

प्रकाशित :२०८० श्रावण २४, बुधबार ०८:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry