मौरीपालक किसानलाई परागकण बितरण

चितवन। यहाँको कालिका नगरपालिकाले मौरीपालक किसानलाई मौरीको आहारा परागकण (पोलन) बितरण गरेको छ। कालिका ६ मा रहेका २७ जना मौरीपालक किसानलाई मौरीको पोलन बितरण गरिएको हो।
Advertisement 1
वर्षातको समयमा मौरीले पोलन वनाउन नसक्ने भएकाले किसानलाई पोलन बितरण गरिएको हो। नेपाल मौरीपालक महासंघका पूर्व अध्यक्ष शिब शर्माका अनुसार परागकणले मौरीको घार वलियो बनाउन सहयोग गर्ने छ भने यसलाई मौरीको बच्चाको मूख्य आहाराको रुपमा लिइन्छ। उनका अनुसार परागकण प्रयाप्त भएको समयमा रानीले अण्डा धेरै पार्ने र वर्षात पछि उत्पादन बृद्धि हुने गर्दछ।
पालिकाका उपप्रमुख बिमला तामाङ्ले नगरबासी मौरी उत्पादक किसानलाई परागकण बितरण गर्नुभएको हो। परागकण बितरण गर्दै उनले कालिका नगरपालिकाले बिगत देखिनै किसानको हितमा काम गर्दै आएको बताए।
Advertisement 2
मुख्यगरी जीविको पार्जन संग सम्बन्धित कामहरुलाई निरन्तरता दिँदै आएको उनको भनाई छ। कालिका –६ का अध्यक्ष टिकाराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मौरीको घारका आधारमा परागकण बितरण गरिएको हो। एक जना किसानले मौरीको घारका आधारमा बढीमा २५ किलो सम्म परागकण पाएको उनले बताए।
जिल्लामा हाल ६ सय किसानले १९ हजार घार मौरी पाल्दै आएका छन्। ती मध्ये कालिका नगरपालिकामा १०० जना मौरीपालक किसान रहेको पूर्ब अध्यक्ष शर्माले जानकारी दिए। अहिले जिल्लामा प्रतिघार २६ किलो मह बार्षिक रुपमा उत्पादन हुँदै आएको छ।








